ग्रामिण समुदायमा रहेका विपन्न वर्गलाई हुने खाने बनाउने लक्ष्यका साथ स्थापित छायाँनाथ वचत तथा ऋण सहकारी संस्था लिमिटेडले गाउँवित्त कार्यक्रमको प्रारम्भ गरेको छ ।
न्यून आय भएका विपन्न, दलित, जनजाती र महिलाहरुलाई सशक्तिकरण गर्दै आर्थिक जीवनस्तर उकास्ने उद्देश्यले सहकारीले गाउँवित्त कार्यक्रम सुरु गरेको हो ।
पहिलो गाउँवित्त कार्यक्रमको रुपमा छायाँनाथ रारा नगपालीका भित्र रहेका १४ वटा वडाहरुमा संचालन गरिएको सहकारीले जनाएको छ ।
सहकारीले उक्त गाउँवित्त कार्यक्रममार्फत सर्भेक्षण, सचेतीकरण, प्रवद्र्धन, विकास र सशक्तिकरण गरी गाउँमा बस्ने विपन्न, गरिव तथा साना व्यवसायीहरुको आयआर्जन वृद्धि गर्नुका साथै व्यवसायमा विपन्न वर्गकोे पहुँच स्थापित गर्ने लक्ष्य राखेको छ ।
सदस्यहरुलाई अधिकार, आवाज, छनौट र सल्लाहबाट सशक्तिकरण गर्ने रणनीति अवलम्वन गरेको छ । संस्थाको कार्यक्षेत्र रहेका छायाँनाथ रारा नगरपालीका, सोरु गाउँपालिका, खत्याड गाउँपालिका र कार्मारोङ गाउँपालिकामा उद्यमी बन्न इच्छुक युवा, विपन्न, गरिव तथा महिलाहरुमा बचत गर्ने बानीको विकास, क्षमता अभिवृद्धि, वित्तीय व्यवस्थापन सम्बन्धी तालिममार्फत् उद्यमशिलता विकास गरी उनीहरुलाई आत्मनिर्भर र स्वरोजगार बनाउने लक्ष्य रहेको छ ।
चालु आर्थिक वर्षमा गाउँवित्त कार्यक्रममा ३ सय विपन्न, गरिव, पुरुष तथा महिला सदस्यहरुलाई आवद्ध गराई पहिलो चरणमा १ वटा सेवाकेन्द्रमार्फत छायाँनाथ रारा नगरपालिका १४ वडाहरुमा २ करोड पुँजी परिचालन गरिने छायाँनाथ साकोसका अध्यक्ष भुपेन्द्र बहादुर मल्लले बताए ।
यसैबीच संस्थाको ८ औँै वार्षिक साधारणसभामा प्रस्तुत गरिने आ.व. २०७८÷०७९ को प्रस्तावित नीति तथा कार्यक्रमहरु सो कार्यक्रको अनुमोदन गरिने भएको छ ।
कार्यक्रममा बोल्दै संस्थाका कोषाध्यक्ष हरिबहादुर शाहीले सहकारीले जन्मदेखि मृत्युपर्यन्तसम्म दिएका सेवाहरुका कारण छायाँनाथ जिल्लास्तरमा अब्बल सहकारीको पहिचान बनाएको बताए ।
गाउँवित्त कार्यक्रम संचालन गर्न लागेकोमा खुसी व्यक्त गर्दै नमुना, उदाहरणीय र दिगो उद्यम विकास तथा विपन्न बस्तीका सदस्यहरु मुखी गर्ने कार्यक्रम हुनुपर्नेमा जोड दिए । उक्त अवसरमा संस्थाको सृजनशिल प्रगती र उपलव्धी सहकारी अभियानमा पृथक रहेको धारणा व्यक्त गरेका थिए ।
सहकारीका अध्यक्ष भुपेन्द्र बहादुर मल्लको अध्यक्षतामा सम्पन्न गाउँवित्त शुभारम्भ तथा ८औं स्थापना दिवश कार्यक्रममा संस्थाका संचालक समिति सचिव लोकेन्द्र बहादुर मल्ल लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी अधिकृत हरि बहादुर शाहीले संस्थाको हालसम्मको वित्तीय विवरण तथा संस्थाले सेवासुविधाका बारेमा जानकारी गराएका थिए । संस्थाले विकेन्द्रित रुपमा ३ वटा सेवा केन्द्र र केन्द्रीय कार्यालय मार्फत हालसम्म ९ हजार ८ सय ७८ सदस्यहरुमार्फत २८ करोड ७५ लाख भन्दा बढी सम्पत्ति पु¥याएर सदस्यहरुलाई वित्तीय तथा गैरवित्तीय सेवा प्रवाह गरिरहेको शाहीले बताए ।
संस्थाका अध्यक्ष मल्लले हाल चलिरहेका लघुवित्तहरु कार्यक्रमहरुको आरोह अवरोह र लामो अनुभवबाट पाठ सिक्दै नयाँ, ग्रामिण स्थानमा बसोवास गर्ने विपन्न, गरिव तथा साना व्यवसायीहरुलाई शसक्तिकरण गर्दै सम्पुर्ण घरपविारलाई शेयर मालिक हुने तथा उद्यमी बनाउने मोडलमा गाउँवित्त कार्यक्रम संचालन गर्न लागेको बताए ।
डिजिटल प्रविधिहरुमार्फत सदस्यलाई स्थानीय स्तरमै सेवा दिंदै आएको संस्थाले आगामी आर्थिक बर्षमै सुरक्षित संस्था निर्माण गर्दै सदस्यहरुलाई गुणस्तरीय सेवा प्रवाह गर्दै जाने बताए ।
संस्थाले चालु आ.व.२०७८/०७९ को अन्तमा १२ हजार ५ सय सदस्य र ५० करोड ७५ लाख सम्पत्ति पु¥याउने लक्ष्य लिएको मल्लले जानकारी दिए ।
वि.सं.२०७८ असोज १० आइतवार १२:४६ मा प्रकाशित

























