काठमाडौं । काठमाडौंको कपनमा गत मंगलबार राति ढलमा खसेका बालकको शव ललितपुरमा भटिएको छ ।
ललितपुर प्रहरीका अनुसार ललितपुर र मकवानपुरको सीमा क्षेत्रमा पर्ने बागमती गाउँपालिका–१, घुसेलमा शनिबार राति शव भेटिएको हो । कपनस्थित ढलमा १० वर्षीय उज्जवल विक खसेका थिए ।
ललितपुर प्रहरी प्रमुख किरण बज्राचार्यले भनिन्, ‘फोटो हेरेर परिवारले सखानत गरिसक्नु भएको छ, प्रहरीले शव ल्याउँदैछ’ उनले भनिन्, ‘टिका भैरवसम्म बोकेर ल्याउँदैछन्, त्यहाँबाट पाटन हस्पिटलमा पोष्टमार्टमका लागि लगिनेछ ।’
वि.सं.२०७८ असोज १० आइतवार १२:२१ मा प्रकाशित

























