Logo
७ कार्तिक २०७८, आईतवार
     Sun Oct 24 2021
E-paper
  English Edition
   Unicode
Logo

खगेन्द्र संग्रौला भन्छन् –राजनीति र न्यायनीतिले ल्याएको बेथिति विद्रोह विना सुधारिन्न



बाजेको सेकुवावाल, बाजेको सेकुवा बेच्दैन । ऊ भन्छ ‘बाजेको सेकुवा’, बेच्छ खसीको सेकुवा । बाजेको पेडावाल, बाजेको पेडा बेच्दैन । ऊ भन्छ ‘बाजेको पेडा’, बेच्छ दूधको पेडा । बाजेको सेकुवावालले बाजेकै सेकुवा र बाजेको पेडावालले बाजेकै पेडा बेचे बाजेहरूको हबिगत के हुन्थ्यो ? बरा बाजेहरू सखाप हुन्थे !

यहाँ यो रोचक बाजे प्रसङ्ग अघि सार्नुको गहिरो अर्थ छ । खासखास व्यक्ति वा संस्थाले खासखास काम गर्छन् । तिनको कामको खासखास प्रकृति हुन्छ । र, तिनको दायित्वको खासखास क्षेत्राधिकार हुन्छ । सबैले आफ्नो कामको प्रकृति र क्षेत्राधिकारभित्र रही काम गरे जीवनको व्यवस्था ठिकठिकै चल्छ । कामको प्रकृतिको पर्वाह नगरी क्षेत्राधिकार तोडे जीवनको व्यवस्था डामाडोल हुन्छ । अहिले हाम्रोमा भएको यही डामाडोल हो । भष्मासुरे डामाडोल ! कोलाहलमय डामाडोल !

अहिले हाम्रा राजनीतिक दलहरू राजनीति गर्दैनन् । ती गुटबन्दी गर्छन् । ती जालझेल गर्छन् । ती षड्यन्त्र गर्छन् । ती कुटिलकर्म गर्छन् । ती माफियागिरी गर्छन् । ती बिचौलियागिरी गर्छन् । ती यता–उताको दलाली गर्छन् । ती जनसेवा गर्दैनन्, ती हामसेवा गर्छन् ।

अहिले हाम्रा राजनीतिक दलहरू राजनीति गर्दैनन् । ती गुटबन्दी गर्छन् । ती जालझेल गर्छन् । ती षड्यन्त्र गर्छन् । ती कुटिलकर्म गर्छन् । ती माफियागिरी गर्छन् । ती बिचौलियागिरी गर्छन् । ती यता–उताको दलाली गर्छन् । ती जनसेवा गर्दैनन्, ती हामसेवा गर्छन् । अहिले हाम्रो सर्वोच्च अदालत न्यायकर्म कम गर्छ, राजनीति ज्यास्ती गर्छ । सर्वोच्च पार्टी फुटाउँछ, सर्वोच्च पार्टी जुटाउँछ । कसले कुन पार्टी रोज्न पाउने हो, कुन रोज्न नपाउने हो, निधो सर्वोच्च गर्छ । कसलाई प्रधानमन्त्री भर्ती गर्ने हो, कसलाई घोक्रेठ्याक लाउने हो, ठहर सर्वोच्च गर्छ । कुन दलको पुनर्जन्म गराउने हो, कुन दलको अस्तित्व नामेट पार्ने हो, निक्र्यौल सर्वोच्च गर्छ । त्यसैले राजनीतिमा गाईजात्रा व्याप्त छ, न्याय प्रणालीमा गाईजात्रा व्याप्त छ । र, जीवन अस्तव्यस्त छ । जीवन कोलाहलग्रस्त छ । जीवन दुर्मति, अगति र दुर्गतिको भयावह शिकार भएको छ ।

जीवनको दुर्मति, अगति र दुर्गति एउटा उदाहरणमा हेरौँ । कम्निस्ट हौँ भन्ने दुईवटा दल थिए, हिजोसम्म कुकुर–बिरालाजस्ता । सपनामा पनि नचिताएको कुरा भयो । बडो नाटकीय काइदाले ती दुई दल एक भए ! र, एक भएका दुई दलका नाइके फुर्किँदै र डुक्रिँदै भन्न थाले– ‘अब हाम्रो गणित दुई–तिहाई भयो । हाम्रो जाज्वल्यमान् लाल–लाल गणित हेर ! यो देशमा अब पचास वर्ष हाम्रो शासन चल्छ । अटुट ! निर्बाध ! निष्कण्टक !’ फेरि, लगत्तै सपनामा पनि नचिताएको नाटकीय घटना घटित भयो । अहंकारले खस्रे भ्यागुत्तोझैँ ढाडिएका यी दुई दलको अस्तित्व खारेज भयो । र, हिजोको आजै यिनको ‘ऐतिहासिक’ एकता गोपिक्याँच भयो । र, पचास वर्षे शासनको यिनको हुङ्कार गयो खोलैखोला । जगत् चकित–चकित भयो । र, एक भयौँ भनी अट्टहास गरिरहको दुई दलको भीड स्तब्ध भयो । किम् कर्तव्य विमूढ भयो विचारशून्य त्यो भीड ।

सर्वोच्च पार्टी फुटाउँछ, सर्वोच्च पार्टी जुटाउँछ । कसले कुन पार्टी रोज्न पाउने हो, कुन रोज्न नपाउने हो, निधो सर्वोच्च गर्छ । कसलाई प्रधानमन्त्री भर्ती गर्ने हो, कसलाई घोक्रेठ्याक लाउने हो, ठहर सर्वोच्च गर्छ । कुन दलको पुनर्जन्म गराउने हो, कुन दलको अस्तित्व नामेट पार्ने हो, निक्र्यौल सर्वोच्च गर्छ । त्यसैले राजनीतिमा गाईजात्रा व्याप्त छ, न्याय प्रणालीमा गाईजात्रा व्याप्त छ ।

सर्वोच्चको बातैबिच्छे सिसिमान् भनिने एउटै न्यायाधीशले अकल्पनीय चमत्कार गरिदियो । र, एकताकारी दुई तिहाईको पचास वर्षे हुङ्कारको स्वर्गबास भयो । जे भयो आखिर भयो यो कुन दैवदशाले ? राजनीतिक दलको कुन दुबुद्र्धिको प्रभावले ? सर्वोच्चको कुन कुमतिको धक्काले ?

खासमा कुरो यसो भयो । राजनीतिक दल लोक हितकर राजनीति गर्न छाडेर भुँडी भरम् भागबण्डा गर्न थाले । यतै भागबण्डा, उतै भागबण्डा । संवैधानिक पदमा भागबण्डा । प्राज्ञिक पदमा भागबण्डा । जताततै भागबण्डा । भागबण्डाको चुत्थो दाउमा दलका दलाल टाइपका कार्यकर्ताधरी सर्वोच्चका न्यायाधीश बन्न थाले । अब न्यायालय न्यायालय हुन छाड्यो । न्यायालयमा दलीय संकीर्ण स्वार्थले मुन्टो उठायो । न्यायालयमा गुटीय तुच्छ स्वार्थको जगजगी भयो । नतिजा केसम्म हुन थाल्यो ? देखियो त टड्कारै ! दुई–तिहाईको ‘अजम्मरी एकता’को नर्कबास भयो । दलले निहित स्वार्थको दाउमा हात–हातमा बन्चरा बोकाएर जग्गाजग्गामा दलाल भर्ती गरेका थिए । भागबण्डा महलको आफ्नै एक दलालको बन्चरो आफ्ना गर्धनमा बज्य्रो । र, दुई–तिहाईको ‘ऐतिहासिक एकता’ तासको महलझैँ फल्यास ढल्यो ।

अब राजनीति र न्यायनीतिमा जे छ, केवल निहित स्वार्थ छ, केवल छाडापन छ, केवल विनाश छ, केवल बित्यास छ । खालि बेथिति छ, खालि विकार छ । लाग्छ, कुनै पनि चेष्टाले यो छाडापन र यो दिग्भ्रम एवं यो बेथिति र यो विकारमा सुधार ल्याउन असम्भव छ । लाग्छ, विध्वंश र बेथितिको यो व्याधिको उपचार कि हुन्छ अब केवल उदात्त आदर्शयुक्त संगठित विद्रोह र विप्लवले कि केहीले हुँदैन ।

अहिले जीवनका हर क्षेत्रमा जे छ, केवल तुच्छ राजनीतिकरणको बिगबिगी छ । खालि भ्रष्ट भागबण्डाको दुर्गन्ध व्याप्त छ । र, जीवनका जो भएका निम्छरा विधि र नीति, मान्यता र मर्यादा ध्वस्त भएका छन् । शक्ति पृथकीकरण संसदीय व्यवस्थाको भव्य विशेषता हो भनिन्थ्यो, त्यो ध्वस्त भयो । र, गयो त्यो तुच्छ राजनीतिकरणरुपी खेलको भेलमा बगेर । भ्रष्ट भागबण्डाको दाउमा त्यो चकनाचूर भयो । अब राजनीति र न्यायनीतिमा जे छ, केवल निहित स्वार्थ छ, केवल छाडापन छ, केवल विनाश छ, केवल बित्यास छ । खालि बेथिति छ, खालि विकार छ । लाग्छ, कुनै पनि चेष्टाले यो छाडापन र यो दिग्भ्रम एवं यो बेथिति र यो विकारमा सुधार ल्याउन असम्भव छ । लाग्छ, विध्वंश र बेथितिको यो व्याधिको उपचार कि हुन्छ अब केवल उदात्त आदर्शयुक्त संगठित विद्रोह र विप्लवले कि केहीले हुँदैन ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । सामसुङ कम्पनीलाई ठूलो धक्का लागेको छ । कम्पनीले उत्पादनमा गरेका विभिन्न ६१

काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले विश्वासको मत लिने कार्यसूची तय भएको

काठमाडौं । हाल नेपालको मध्य भाग आसपास अवस्थित न्यून चापिय क्षेत्रको सामान्य प्रभाव रहेको

काठमाडौँ । पूर्वमन्त्री तथा माओवादी नेतृ रेखा शर्मालाई नेकपा (माओवादी केन्द्र)ले राजकीय मामिला तथा