back
CTIZAN AD

रसुवा र डोटीमा पनि गठन भयाे एकीकृत समाजवादीको जिल्ला कमिटी

वि.सं.२०७८ असोज १२ मंगलवार

615 

shares

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले रसुवामा जिल्ला कमिटी गठन गरेको छ।

पहिलोपटक गठित उक्त दलको जिल्ला कमिटी अध्यक्षमा कालिका गाउँपालिका–५ जिवजिवे निवासी विष्णुप्रसाद देवकोटा चयन भएका हुन्।

प्रथम चरणअन्तर्गत ५१ सदस्यीय जिल्ला कमिटीको सचिवमा उत्तरगया गाउँपालिका–५ बेत्रावतीका शिव लामिछाने, उपाध्यक्षमा विनोद लामिछाने, उपसचिवमा आमाछोदिङ्मो गाउँपालिका–३ गतलाङका शुजिय तामाङ रहेको अध्यक्ष देवकोटाले बताए।

सदस्यमा नेकपाका संस्थापक सदस्य साङ्तेम्वा तामाङ धुञ्चे २०४६ पछि रसुवामा गठन भएको पहिलो एमालेका संस्थापक सदस्य, शनद देवकोटा जिवजिवे, अर्चना लामा बेत्रावती, भरत बगाले धुसेनी, गङ्गा बगाले धुसेनी रहेका छन्।

यसैगरी दावा तामाङ, सन्तोष तामाङ, रामशरण न्यौपाने, नविनाथ देवकोटा, भीम तामाङ र अप्सरा रिजाल जिल्ला कमिटी सदस्यमा रहेका छन्।

कार्यनिर्देशिका अनुरूप नपुग सदस्य क्रमशः थपिँदै लगिने बताइएको छ। नयाँ दललाई सही दिशामा लान जनतामाझ गर्नुपर्ने सेवा थप प्रभावकारी तुल्याउन सुब्बा लामा प्रमुख सल्लाहकार चयन भएको उक्त दलले जनाएको छ।

जिल्ला कमिटी गठनलगत्तै दलको नीति, सिद्वान्त आमनागरिकलाई सुसूचित गराउन सिङ्गो पार्टीपंक्तिका पदाधिकारी गाउँघर जागरण अभियानमा अगाडि बढिरहेको एकीकृत समाजवादीले जनाएको छ।

नवगठित जिल्ला कार्यसमितिमा सबै क्षेत्रलाई समाहित गरिएको र छुट भएका साथीलाई क्रमशः समाहित गर्दै जाने बताइएको छ।

शिक्षा, स्वास्थ्यलगायत जिल्लाको समग्र विकासका गतिलाई तीव्रता दिने, जनतामाझ आइपर्ने समस्या समाधान गराउने, रोजगारीका अवसर सिर्जना गराउने, जलसम्पदाको सही सदुपयोग गराउने, कृषि उत्पादकत्व वृद्विजस्ता समग्र जनहितकारी सेवामा निरन्तर अगाडि बढ्ने उक्त दलले जनाएको छ।

साथै एकीकृत समाजवादीको डोटी जिल्ला कमिटी घोषणा गरिएको छ। एकीकृत समाजवादीले पूर्वीचौकी गाउँपालिका अध्यक्ष दीर्घराज बोगटीको संयोजकत्वमा सोमबार १०५ सदस्यीय जिल्ला कमिटी घोषणा गरेको हो।

सदरमुकाम सिलगढीमा रहेको दिपायल सिलगढी नगरपालिकाको सभाहलमा कार्यक्रम आयोजना गरी सो पार्टीका केन्द्रीय सदस्य एवं सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री पूर्णा जोशीको प्रमुख आतिथ्यतामा डोटी जिल्ला कमिटी घोषणा गरिएको हो।

दीर्घराज बोगटी एमालेमा हुँदा र तत्कालीन नेकपा हुँदा जिल्ला कमिटी सचिवालय सदस्य थिए।

बोगटी एमालेबाटै २०७४ को स्थानीय तह निर्वाचनमा डोटीको पूर्वीचौकी गाउँपालिकामा निर्वाचित अध्यक्ष हुन्।

यसैगरी पार्टीले जानकी भट्टको संयोजकत्वमा ३७ सदस्यीय जनवर्गीय सङ्गठन अखिल नेपाल महिला सङ्गठनको जिल्ला कमिटी पनि गठन गरेको छ भने महेन्द्र कुँवरको संयोजकत्वमा ४१ सदस्यीय राष्ट्रिय युवक सङ्गठनको जिल्ला कमिटी पनि गठन गरिएको एकीकृत समाजवादीका जिल्ला कमिटी सदस्य तथा पूर्वसांसद मोहनबहादुर बमले बताए।

डोटीमा एमालेबाट प्रतिनिधिसभा सदस्य एवं पूर्वमन्त्री प्रेमबहादुर आले, संविधानसभा सदस्य तथा सभासद हर्कबहादुर सिंह, पूर्वसांसद मोहन बम, सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री जोशी, दिपायल सिलगढी नगरपालिकाका उपप्रमुख शिजराज खड्कालगायत जनप्रतिनिधि एवं नेता एमाले छाडेर एकीकृत समाजवादी पार्टीमा लागेका छन्।

वि.सं.२०७८ असोज १२ मंगलवार ११:३४ मा प्रकाशित

आव २०८३/८४ को बजेट, गण्डकीका कुन–कुन योजना परे ?

आव २०८३/८४ को बजेट, गण्डकीका कुन–कुन योजना परे ?

राम थापा, गण्डकी । सरकारले शुक्रबार सार्वजनिक गरेको आगामी आव...

सिक्टा आयोजना निर्माणको बजेट बढाइयो

सिक्टा आयोजना निर्माणको बजेट बढाइयो

राँझा (बाँके) । बाँकेमा निर्माणाधिन राष्ट्रिय गौरवको आयोजना सिक्टा सिँचाइलाई...

आजको मौसम विवरण:  मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना

आजको मौसम विवरण: मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय...

दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजनाः यसै वर्ष ठेक्का आह्वान

दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजनाः यसै वर्ष ठेक्का आह्वान

खोटाङ । खोटाङ र ओखलढुङ्गाको सीमानामा पर्ने दूधकोशीस्थित रभुँवाघाटबाट उत्पादन...

अब बालबालिकाको क्यान्सर रोगको निःशुल्क उपचार हुने

अब बालबालिकाको क्यान्सर रोगको निःशुल्क उपचार हुने

काठमाडौँ । सरकारले आगामी तीन वर्षमा ३३६ आधारभूत अस्पताल निर्माण...

‘शासकीय नवप्रवर्तन चुनौती कोष’स्थापना गरिने

‘शासकीय नवप्रवर्तन चुनौती कोष’स्थापना गरिने

काठमाडौँ ।  सरकारले आगामी आर्थिक बजेटमा कानुनी शासन र राष्ट्रिय...