१२ असोज, काठमाडौँ । ‘आइएमई पे’ ले दसैँको झट्का स्किम सार्वजनिक गरिएको छ । कम्पनीले यो स्किम असोज ११ देखि १४ गतेसम्म हरेक दिन दिउँसो १ बजे १ घण्टाका लागि लागु गरेको छ ।
यस स्किम अन्तर्गत आइएमई पे वालेटबाट हवाई टिकट खरिद गर्दा ५० प्रतिशतसम्म क्यासब्याक पाउनेछन् । क्यासब्याकको सीमा २ हजारसम्मको रहेको छ भने यो अफर मात्र पहिलो १०० खरिदकर्ताहरूका लागि प्रत्येक दिन फ्याल्स बिक्रीको समयमा उपलब्ध गराइनेछ ।
आइएमई पे प्रयोगकर्ताले हवाई टिकट खरीद गरेको २४ घण्टा भित्र क्यासब्याक प्राप्त गर्नेछन । यो स्किममा आईएमई पे पंजीकृत मोबाइल नम्बर मात्र सहभागिताको लागि योग्य हुनेछन् ।
वि.सं.२०७८ असोज १२ मंगलवार १६:३९ मा प्रकाशित





























