back
CTIZAN AD

आज देशैभरी थपिए ११५८ कोरोना संक्रमित, १२ जनाको मृत्यु

वि.सं.२०७८ असोज १२ मंगलवार

666 

shares

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ११५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पिसीआर र ऐन्टिजेन विधिबाट गरिएको १४ हजार ३ नमुना परीक्षणमा ११५८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । सोमबारको तुलनामा मंगलबार संक्रमित हुनेको संख्या केही घटेको हो ।

नेपाल हालसम्म पिसीआर र ऐन्टिजेन दुवै विधिबाट गरिएको ४७ लाख ५६ हजार ९११ नमुना परीक्षणमा आज थपिएका ११५८ जनासँगै हालसम्म संक्रमित हुनेको संख्या ८ लाख ८४ हजार ३७९ जना संक्रमित भएका छन् ।

त्यस्तै आज १३१८ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । आज संक्रमण मुक्त भएका १३१८ जनासँगै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ७ लाख ६३ हजार ७३४ रहेको छ । नेपालमा पछिल्ला केही सातायता संक्रमित हुने भन्दा निको हुनेको संख्या बढिरहेको छ ।

त्यसैगरी पछिल्लो २४ घण्टामा १२ जनाको मृत्यु भएको छ । आज थपिएका १२ जनासँगै मृतकको संख्या ११ हजार ११५ पुगेको छ ।

मन्त्रालयका अनुसार हाल देशैभरी १८ हजार ८४८ जना सक्रिय संक्रमित रहेका छन् । ती मध्ये १७ हजार १२५ जना होम आइसोलेशन र १२९७ जना संस्थागत आइसोलेशनमा रहेका छन् । साथै विभिन्न अस्पतालका आइसीयुमा ३६४ जना आइसीयुमा र १२० जना भेन्टिलेटरमा उपचाररत छन् ।

नेपालमा हालसम्म कोरोना भाइरसविरुद्धको खोपको पहिलो मात्रा लिनेको संख्या ६९ लाख ६० हजार ८२८ जना र ६२ लाख ५ हजार ७७० जनाले दोस्रो मात्राको खोप लगाइसकेका छन् । साथै पछिल्लो २४ घण्टामा देशैभरी २ लाख ८ हजार ९० जनालाई कोरोना भाइरस विरुद्धको खोप लगाइएको छ ।

पछिल्लो २४ घण्टामा थपिए १२८२ कोरोना संक्रमित, ७ जनाको मृत्यु

वि.सं.२०७८ असोज १२ मंगलवार १६:४० मा प्रकाशित

आव २०८३/८४ को बजेट, गण्डकीका कुन–कुन योजना परे ?

आव २०८३/८४ को बजेट, गण्डकीका कुन–कुन योजना परे ?

राम थापा, गण्डकी । सरकारले शुक्रबार सार्वजनिक गरेको आगामी आव...

सिक्टा आयोजना निर्माणको बजेट बढाइयो

सिक्टा आयोजना निर्माणको बजेट बढाइयो

राँझा (बाँके) । बाँकेमा निर्माणाधिन राष्ट्रिय गौरवको आयोजना सिक्टा सिँचाइलाई...

आजको मौसम विवरण:  मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना

आजको मौसम विवरण: मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय...

दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजनाः यसै वर्ष ठेक्का आह्वान

दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजनाः यसै वर्ष ठेक्का आह्वान

खोटाङ । खोटाङ र ओखलढुङ्गाको सीमानामा पर्ने दूधकोशीस्थित रभुँवाघाटबाट उत्पादन...

अब बालबालिकाको क्यान्सर रोगको निःशुल्क उपचार हुने

अब बालबालिकाको क्यान्सर रोगको निःशुल्क उपचार हुने

काठमाडौँ । सरकारले आगामी तीन वर्षमा ३३६ आधारभूत अस्पताल निर्माण...

‘शासकीय नवप्रवर्तन चुनौती कोष’स्थापना गरिने

‘शासकीय नवप्रवर्तन चुनौती कोष’स्थापना गरिने

काठमाडौँ ।  सरकारले आगामी आर्थिक बजेटमा कानुनी शासन र राष्ट्रिय...