काठमाण्डौ । नेपालमा पछिल्लो २४ घण्टामा १२८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पिसीआर र ऐन्टिजेन विधिबाट गरिएको १५ हजार ४८८ नमुना परीक्षणमा १२८२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
नेपाल हालसम्म पिसीआर र ऐन्टिजेन दुवै विधिबाट गरिएको ४७ लाख ४२ हजार ९०८ नमुना परीक्षणमा आज थपिएका १२८२ जनासँगै नेपालमा हालसम्म संक्रमित हुनेको संख्या ८ लाख ८३ हजार २२१ जना संक्रमित भएका छन् ।
त्यस्तै आज १२६२ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । आज संक्रमण मुक्त भएका १२६२ जनासँगै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ७ लाख ६२ हजार ४१६ रहेको छ ।
त्यसैगरी पछिल्लो २४ घण्टामा ७ जनाको मृत्यु भएको छ । आज थपिएका ७ जनासँगै मृतकको संख्या ११ हजार १०३ पुगेको छ ।
मन्त्रालयका अनुसार हाल देशैभरीका विभिन्न अस्पतालका आइसीयुमा ३८५ जना आइसीयुमा र १२५ जना भेन्टिलेटरमा उपचाररत छन् ।
नेपालमा हालसम्म कोरोना भाइरसविरुद्धको खोपको पहिलो मात्रा लिनेको संख्या ६७ लाख ९३ हजार ४५६ जना र ६१ लाख ६५ हजार ५२ जनाले दोस्रो मात्राको खोप लगाइसकेका छन् । साथै पछिल्लो २४ घण्टामा देशैभरी ३ लाख १२ हजार ८७४ जनालाई कोरोना विरुद्धको खोप लगाइएको छ ।
वि.सं.२०७८ असोज ११ सोमवार १६:४७ मा प्रकाशित





























