back
CTIZAN AD

वर्ल्ड रेमिटबाट एनआइसी एशिया बैंकको खातामा पैसा पठाउँदा बोनस पाइने

वि.सं.२०७८ असोज ११ सोमवार

678 

shares

११ असोज, काठमाडौँ । एनआईसी एशिया बैंकले दशैंको अवसरमा अन्तर्राष्ट्रिय डिजिटल रेमिट्यान्स कम्पनी वर्ल्डरेमिटसँग मिलेर बोनस अफर ल्याएको छ । यस अफर अन्तर्गत ग्राहकहरुले वर्ल्डरेमिट मार्फत एनआईसी एशिया बैंकको खातामा रकम पठाउँदा ४०० बोनस रकम बोनस पाउने छन् ।

असोज ११ देखि कात्तिक १० गतेसम्म लागू हुने यो अफर योजना अवधिभर पहिलोपटक गरिएको कारोबारमा मात्र लागू हुनेछ । यस योजनाले विदेशमा रहेका नेपालीहरूले रकम पठाउन भौतिक रुपमा रेमिट्यान्स कार्यालयसम्म पुग्ने समयको बचत हुनुका साथै डिजिटल कारोबारलाई बढाउन समेत प्रोत्साहन गर्ने बैंकले विश्वास लिएको छ ।

डिजिटल बैंकिङ्गलाई आत्मसात गर्दै आइरहेको बैंकले रेमिट्यान्स कारोबारलाई समेत डिजिटलमैत्री बनाउदै लैजाने क्रममा मोबाइल बैंकिङ्ग मार्फत आन्तरिक रेमिट्यान्स सुविधा समेत ग्राहकहरूलाई उपलब्ध गराउदै आइरहेको छ ।

जसअन्तर्गत जुनसुकै स्थानबाट, जुनसुकै समयमा ग्राहकहरूले आफ्नो NIC ASIA MoBank भित्र रहेको Send Remit आइकनमा ट्याप गरेपश्चात् रेमिट्यान्स रकम, प्राप्त गर्नेको विवरण (नाम, मोबाइल नम्बर एवं ठेगाना) उल्लेख तथा रेमिट्यान्स पठाउनुको उद्देश्य छनौट गरी सुरक्षित रुपमा रेमिट्यान्स पठाउन सक्नेछन । यस माध्यमबाट पठाएको रकम देशभर रहेका यस बैंकका सम्पूर्ण शाखा तथा विस्तारित काउन्टरहरूका साथै १२ हजार भन्दा बढी रेमिट एजेन्टहरूबाट नगद रकम सहजै झिक्न सकिनेछ ।

बैंकले हाल देशभरमारहेका ३५६ शाखा कार्यालयहरू, ४७२ एटिएम, ७० वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखा रहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

वि.सं.२०७८ असोज ११ सोमवार १६:४९ मा प्रकाशित

आजको लागि विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

आजको लागि विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण...

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि कुल...

२१ खर्बको बजेट, पुँजीगत र चालुमा कति ?

२१ खर्बको बजेट, पुँजीगत र चालुमा कति ?

काठमाडौँ । आगामी आर्थिक वर्षको बजेट २१ खर्ब २४ अर्ब...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय...

एन आई सी एशिया बैंकद्वारा विद्यालयलाई खानेपानी सहयोग

एन आई सी एशिया बैंकद्वारा विद्यालयलाई खानेपानी सहयोग

काठमाडौं । एनआइसि एसिया बैंकले सुर्खेतको वीरेन्द्रनगरस्थित श्री नेपाल राष्ट्रिय...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय...