काठमाडौं । धेरै यस्ता कथाहरु भनेको सुनिन्छ तर, पत्याउन गाह्रो छ। तर, हालै एउटा वास्तविक घटना सामुन्ने आएको छ । एउटा चरा छत्तीसगढको एउटा विद्यालयमा विगत केहि वर्षदेखि लगातार अध्ययन गर्न आउँछ। जसलाई देखेर मानिसहरु यो विश्वास गर्न थालेका छन् कि मृत्यु पछि पनि व्यक्ति कुनै न कुनै रूपमा पुनर्जन्म लिन्छ।
अहिले उक्त चरा विद्यालयको घद्द औं विद्यार्थी हो । उक्त चरा अन्य बच्चाहरुसँग दिनभर नै टेबुलमा बस्ने गर्दछ । जबसम्म कक्षा रहन्छ उक्त चरा कक्षामै रहन्छ । कक्षा सकिएसँगै उ पनि त्यहाँबाट बाहिरिन्छ ।
बताइएअनुसार चरा आइतबार वा अन्य बिदाको दिन स्कुल आउँदैन । नियमित स्कुल आउने उक्त चराको नाम रामी राखिएको छ । विद्यार्थी तथा शिक्षकले उक्त चरालाई नामले नै बोलाउने गरेका छन् ।
छत्तिसगढको मारिगौडा प्राथमिक विद्यालयमा कुल ३१ विद्यार्थी छन् । चरा रामी ३२ औं विद्यार्थी हो ।
वि.सं.२०७८ असोज १३ बुधवार १२:४१ मा प्रकाशित
























