
१७ फागुन, काठमाडौँ । गत वर्ष तीनवटा स्कुलहरु सूर्योेदय,आनन्दभूमी र ब्लुस्काई एकिकृत भई स्थापना भएको एस ए बी पब्लिक स्कुलले सोमबार राजधानीको प्रज्ञा भवनमा एक भब्य कार्यक्रम गरि पहिलो अभिभावक दिवस तथा स्रष्टा सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रममा सूर्योदय भानुस्रष्टा सम्मानद्वारा साहित्यकार श्यामदास वैष्णवलाई सम्मान गरिएको थियो । सूर्योदय भानुस्रष्टा सम्मान २०६० सालमा स्थापना भएको र हाल सम्म नेपाली साहित्यमा योगदान पुर्याएका बिभिन्न १३ जना साहित्यकारहरुलाई सम्मन गरिएको जानकारी दिइयो ।
सूर्योदय एजुकेशन फाउण्डेसन अन्तर्गत सन्चालनमा रहेको एसएबी पब्लिक स्कुलले आफ्ना विद्यार्थीहरुको प्रतिभा प्रस्फुटन गराउन उक्त्त कार्यक्रमको आयोजना गरिएको फउण्डेशनका अध्यक्ष लक्ष्य वहादुर केसिले जानकारी दिनुभयो । कार्यक्रममा महिला बालवालिका तथा समाज कल्यण मन्त्री कुमा खड्काको प्रमुख अतिथ्यता रहेको थियो । कार्यक्रमा एस ए बी पब्लिक स्कुलद्वारा प्रकासित बार्षिक स्मरिकाको पनि बिमोचन गरिएको थियो । सो कार्यक्रममा बिद्याथीहरुले विभिन्न संगितिक कार्यक्रमहरु पनि गरेका थिए ।