back
CTIZAN AD

विपद्पछिको उद्धार उपचार व्यवस्थापन सम्बन्धित तालिम दिन सुरु

वि.सं.२०७३ फागुन १७ मंगलवार

1.1K 

shares

१७ फागुन, धादिङ  । जिल्ला जनस्वास्थ्य कार्यालय धादिङले मेडिकल टिम इन्टरनेसनलसँगको सहयोगमा स्वास्थ्यकर्मीलाई १२ दिने ‘ग्रामीण चिकित्सक उद्धारकर्ता’ तालिम दिन सुरु गरेको छ ।

‘सङ्कटकालीन स्वास्थ्य सेवा’ परियोजनाअन्तर्गत प्राकृतिक विपद्पछि मानवीय जीवनको उद्धार र उपचारलाई कसरी व्यवस्थापन गर्ने भन्ने तालिमका क्रममा स्वास्थ्यकर्मीलाई सिकाइने छ ।

पहिलो चरणमा आज ३० जनालाई सो तालिम दिन सुरु गरिएकामा क्रमशः २५६ जना स्वास्थ्यकर्मीलाई सो तालिम दिइनेछ ।

यसैगरी जिल्लाका ४६ गाविस र एक नगरपालिकामा प्रत्येक वडाबाट दुई जनाका दरले ९०० जना स्थानीयवासीलाई तीनदिने ‘ग्रामीण प्रारम्भिक उद्धारकर्ता’ तालिम दिन लागिएको आयोजकले बताएका छन् ।

सो क्रममा हालसम्म ३३८ जनालाई त्यस्तो तालिम दिइसकिएको संस्थाका कार्यक्रम निर्देशक बिमल बिष्टले जानकारी दिनुभयो । उहाँले हाल धादिङ जिल्लालाई नमुना जिल्लाका रुपमा परियोजना सुरु गरिएको र यसलाई अन्य जिल्लामा समेत विस्तार गरिने बताउनुभयो ।

कार्यक्रममा धादिङका प्रजिअ उमेशकुमार ढकालले बाढी, पहिरो, भूकम्पजस्ता प्राकृतिक विपद्पछिको व्यवस्थापन र नागरिकको स्वास्थ्य सुरक्षाका लागि तालिम फलदायी हुने विश्वास व्यक्त गर्नुभयो ।

जिल्ला जनस्वास्थ्य कार्यालय धादिङका प्रमुख महेश्वर श्रेष्ठले गत वर्षको भूकम्पमा स्वास्थ्यकर्मीले कसरी काम गर्ने ठम्याउन नसक्दा समस्या परेको स्मरण गर्दै उद्धारकर्ता तालिमले त्यसको व्यवस्थापन सिकाउने बताउनुभयो ।

मेडिकल टिम इन्टरनेसनल नेपालका लागि देशीय प्रमुख एन्डर नोर्कुटले नेपाल प्राकृतिक रुपमा विपद्को जोखिममा रहेकाले त्यस्तो जोखिममा मानवीय उद्धार र उपचारलाई प्रभावकारी बनाउन तालिमको आयोजना गरिएको धारणा राख्नुभयो । रासस

वि.सं.२०७३ फागुन १७ मंगलवार १४:१३ मा प्रकाशित

अतिरिक्त खर्च कटौती र आक्रामक बजारीकरण : नाफाको बाटोमा डिडिसी

अतिरिक्त खर्च कटौती र आक्रामक बजारीकरण : नाफाको बाटोमा डिडिसी

काठमाडौँ । स्पष्ट नीति, अनावश्यक खर्च व्यस्थापन गर्दै इमान्दारिताताका साथ...

शहरी क्षेत्रमा यसै वर्षदेखि ५जी सेवा शुरु, २०३५ सम्ममा देशभर पुर्याइने

शहरी क्षेत्रमा यसै वर्षदेखि ५जी सेवा शुरु, २०३५ सम्ममा देशभर पुर्याइने

काठमाडौँ । नेपालको दूरसञ्चार क्षेत्रलाई उच्च गतिको मोबाइल ब्रोडब्यान्डमा रूपान्तरण...

पत्रकार अमात्यको निधनप्रति महासङ्घको श्रद्धाञ्जली

पत्रकार अमात्यको निधनप्रति महासङ्घको श्रद्धाञ्जली

काठमाडौँ । नेपाल पत्रकार महासङ्घकी पूर्वकेन्द्रीय लेखा समिति सदस्य मीरा...

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

बर्दिया । महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा कमल रावतलाई प्रहरीले...

गड्यौला मल बेचेर लाखौँ आम्दानी गर्दै

गड्यौला मल बेचेर लाखौँ आम्दानी गर्दै

सर्लाही । सर्लाहीको लालबन्दीका सन्त लोप्चनले रोजगारीका लागि हुने विदेश...

ग्यास पर्याप्त, माग अस्वाभाविक

ग्यास पर्याप्त, माग अस्वाभाविक

सुदूरपश्चिम । सुदूरपश्चिममा खाना पकाउने एलपी ग्यासको अभाव भएको हल्लासँगै...