back
CTIZAN AD

पत्रकार महासङ्घ महोत्तरीको अध्यक्षमा मण्डल

वि.सं.२०७३ फागुन १७ मंगलवार

1.2K 

shares

१७ फागुन, गौशाला  । नेपाल पत्रकार महासङ्घ महोत्तरी शाखाको आज सम्पन्न १०औँ जिल्ला अधिवेशनबाट अध्यक्ष पदमा कमलेश मण्डल विजयी हुनुभएको छ ।

उहाँले आफ्ना प्रतिद्वन्दी राकेशप्रसाद चौधरीलाई २० मतले पराजित गर्दै अध्यक्ष पदमा निर्वाचित हुनुभएको प्रमुख निर्वाचन अधिकृत कुमारकान्त झाले बताउनुभयो ।

महासङ्घको उपाध्यक्षमा नागेन्द्रकुमार कर्णले २८, सचिवमा महेशकुमार दासले २६ र कोषाध्यक्षमा अजयकुमार सिंहले २८ मत ल्याएर विजयी हुनुभएको छ ।

त्यस्तै केन्द्रीय पार्षदमा हरिप्रसाद मण्डल, विवेकानन्द झा र गोपालप्रसाद बराल विजयी हुनुभएको छ ।

महासङ्घको महिला उपाध्यक्षमा खुश्वु झा, सहसचिव पुरुषमा रामनारायण महतो, महिलामा सुनिता कुमारी र सदस्यहरुमा मेनुका श्रेष्ठ, नवीनकुमार नवल, सञ्जीव मण्डल र घनश्याम भगत र केन्द्रीय सभासद्मा महिलातर्फ हेमकुमारी बराल निर्विरोध निर्वाचित हुनुभएको छ ।

त्यस्तै प्रादेशिक पार्षदमा धीरेन्द्र राय, वैद्यनाथ चौधरी, ईश्वरी पौडेल, रवीन्द्र उप्रेती र अनिता खनाल पनि निर्विरोध निर्वाचित हुनुभएको छ ।
कुल ३८ मतदाता रहेको महोत्तरी शाखामा आज सम्पन्न निर्वाचनमा जम्मा ३६ जनाले मतदान गरेका थिए । रासस

वि.सं.२०७३ फागुन १७ मंगलवार १४:१४ मा प्रकाशित

अतिरिक्त खर्च कटौती र आक्रामक बजारीकरण : नाफाको बाटोमा डिडिसी

अतिरिक्त खर्च कटौती र आक्रामक बजारीकरण : नाफाको बाटोमा डिडिसी

काठमाडौँ । स्पष्ट नीति, अनावश्यक खर्च व्यस्थापन गर्दै इमान्दारिताताका साथ...

शहरी क्षेत्रमा यसै वर्षदेखि ५जी सेवा शुरु, २०३५ सम्ममा देशभर पुर्याइने

शहरी क्षेत्रमा यसै वर्षदेखि ५जी सेवा शुरु, २०३५ सम्ममा देशभर पुर्याइने

काठमाडौँ । नेपालको दूरसञ्चार क्षेत्रलाई उच्च गतिको मोबाइल ब्रोडब्यान्डमा रूपान्तरण...

पत्रकार अमात्यको निधनप्रति महासङ्घको श्रद्धाञ्जली

पत्रकार अमात्यको निधनप्रति महासङ्घको श्रद्धाञ्जली

काठमाडौँ । नेपाल पत्रकार महासङ्घकी पूर्वकेन्द्रीय लेखा समिति सदस्य मीरा...

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

बर्दिया । महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा कमल रावतलाई प्रहरीले...

गड्यौला मल बेचेर लाखौँ आम्दानी गर्दै

गड्यौला मल बेचेर लाखौँ आम्दानी गर्दै

सर्लाही । सर्लाहीको लालबन्दीका सन्त लोप्चनले रोजगारीका लागि हुने विदेश...

ग्यास पर्याप्त, माग अस्वाभाविक

ग्यास पर्याप्त, माग अस्वाभाविक

सुदूरपश्चिम । सुदूरपश्चिममा खाना पकाउने एलपी ग्यासको अभाव भएको हल्लासँगै...