Logo
१९ जेष्ठ २०८०, शुक्रबार
     Fri Jun 2 2023
E-paper
  English Edition
   Unicode
Logo

चौरासी हजार मेट्रिक टन तरकारी उत्पादन



१७ फागुन, कलैया। बारामा चालु आवमा कृषकले हिउँदे तरकारी खेती गरी ८३ हजार ८२२ मेट्रिक टन तरकारी उत्पादन गरेका छन् ।

जिल्ला कृषि विकास कार्यालयका प्रमुख शिवरत्न साहका अनुसार यस वर्ष कृषकले काउली, बन्दागोभी, भन्टा, मुला, गोलभेँडा, खुर्सानीसमेत गरी कुल पाँच हजार ४७५ हेक्टर क्षेत्रफलमा हिउँदे तरकारी खेती गरेका थिए । प्रतिहेक्टर १५ दशमलव ३० मेट्रिक टन तरकारी उत्पादन भएको साहले बताउनुभयो ।

हाल कलैया बजारमा भन्टा प्रतिकिलो रु ४०, काउली रु १५, बन्दागोभी रु २०, काउली रु सात, गोलभेँडा रु २० र खुर्सानी प्रतिकिलो रु ४० देखि रु ५० मा बिक्री भइरहेको छ । गत आवमा कृषकले कुल पाँच हजार ४६५ हेक्टर क्षेत्रफलमा कुल ८३ हजार ६१४ मेट्रिक टन तरकारी उत्पादन गरेका कार्यालयले जनाएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा निरन्तर उतारचढाव आइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी

काठमाडौं । बुद्ध एयरको एटिआर ४२ को नमुना जहाज बनाएर आकासमा उडाएका चितवनका अभय

सिन्धुपाल्चोक । मेलम्चीको खानेपानी आयोजनाको मर्मतपछि पानी काठमाडौँ पठाइएको छ । यही जेठ ६

नवलपुर। जिल्ला प्रहरी कार्यालयले रु ४१ लाख बढीका पुराना सवारीसाधन बिक्री गरेको छ ।