back
CTIZAN AD

५९ सांसदको समर्थनसहित बागमतीको मुख्यमन्त्रीमा राजेन्द्र पाण्डेको दाबी पेश

वि.सं.२०७८ कात्तिक १० बुधवार

930 

shares

काठमाडौं । बागमती प्रदेशको मुख्यमन्त्रीमा गठबन्धनको तर्फबाट नेकपा (एकीकृत समाजवादी)का प्रदेश संसदीय दलका नेता राजेन्द्र पाण्डेले दाबी पेश गरेका छन् । बुधबार ५९ सांसदको समर्थनसहित पाण्डेले मुख्यमन्त्रीमा दाबी पेश गरेका हुन् ।

प्रदेश प्रमुख यादवचन्द्र शर्माले संविधानको धारा १६८ को उपधार २ अनुसार बिहीबार दिउँसो तीन बजेभित्र मुख्यमन्त्रीमा दाबी पेश गर्न आव्हान गरेका थिए । शर्माले आव्हान गरेलगत्तै पाँच दलका ५९ सांसदको हस्ताक्षरसहित पाण्डेले दाबी पेश गरेका हुन् ।

१०९ सदस्यीय प्रदेशसभामा सरकार गठनका लागि ५५ सांसदको समर्थन चाहिन्छ । पाँच दलीय गठबन्धनसँग माओवादी केन्द्र २३, कांग्रेस २२, एकीकृत समाजवादी १३ र जसपाका एक गरि ५९ सांसद छन् । जुन बहुमतभन्दा माथि हो ।

अल्पमतमा परेसँगै नेकपा (एमाले)को तर्फबाट मुख्यमन्त्री बनेकी अष्टलक्ष्मी शाक्यले बुधबार मात्रै राजीनामा बुझाएकी थिइन् ।

सम्बन्धित समाचार

मुख्यमन्त्री शाक्यले दिइन् पदबाट राजीनामा

वि.सं.२०७८ कात्तिक १० बुधवार १७:५४ मा प्रकाशित

हिरासतमा रहेका सहकर्मी नछाडे कडा आन्दोलन गर्ने जेनजी नागरिक अभियानको चेतावनी

हिरासतमा रहेका सहकर्मी नछाडे कडा आन्दोलन गर्ने जेनजी नागरिक अभियानको चेतावनी

काठमाडौं । राष्ट्रिय जेनजी नागरिक अभियानका आजय सोडारी, प्रकाश बम...

शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले पाए बचत फिर्ता

शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले पाए बचत फिर्ता

काठमाडौं । शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले बचत फिर्ता...

प्रदेश सरकारको सत्ता समीकरणमा सहभागी नहुने राप्रपाको निर्णय, महाधिवेशनका लागि विभिन्न समितिहरु गठन

प्रदेश सरकारको सत्ता समीकरणमा सहभागी नहुने राप्रपाको निर्णय, महाधिवेशनका लागि विभिन्न समितिहरु गठन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले वर्तमान परिस्थितिमा कुनै पनि...

कम्युनिस्ट आन्दोलन पुनर्संरचनाको आवश्यकता औंल्याउँदै विप्लवको नयाँ केन्द्र गठन प्रस्ताव

कम्युनिस्ट आन्दोलन पुनर्संरचनाको आवश्यकता औंल्याउँदै विप्लवको नयाँ केन्द्र गठन प्रस्ताव

काठमाडौँ । नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले वर्तमान कम्युनिस्ट...

बाढीबाट तीन सडक पूर्ण र छ आंशिक रूपमा अवरूद्ध

बाढीबाट तीन सडक पूर्ण र छ आंशिक रूपमा अवरूद्ध

काठमाडौँ । सडक विभागले बाढी र पहिरोबाट तीन वटा पूर्ण...

आगामी सोमबारदेखि ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्दै रास्वपा

आगामी सोमबारदेखि ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्दै रास्वपा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०ले नागरिकका गुनासा, समस्या तथा...