साउथ इण्डियन फिल्मका नायक पुनीत राजकुमारको हृदयघातका कारण मृत्यु भएको छ ।
शुक्रवार बिहान जिममा वर्कआउट गर्ने क्रममा असहज महसुस गरेका उनलाई बेग्लोरको अस्पतालमा भर्ना गरिएको थियो । अस्पतालले हृदयघातबाट उनको मृत्यु भएको जानकारी दिएको भारतीय संचारमाध्यमले लेखेका छन् ।
बाल कलाकारका रुपमा साउथ फिल्म क्षेत्रमा प्रवेश गरेका पुनित अप्पु, आकाश, अरसु, मिलन, और वंशी लगायतका फिल्मबाट चर्चित रहेका छन् ।
सन् २००८ मा मिलन फिल्ममा उत्कृष्ट अभिनय गरेका पुनीतले कर्नाटकका सर्वश्रेष्ठ अभिनेताको पुरस्कार समेत दिइएको थियो । उनका श्रीमती र दुई छोराछोरी छन् ।
१९७५ मा चेन्नईमा जन्मिएका पुनीतका पिता राजकुमारलाई साउथ इण्डियन फिल्म क्षेत्रका आइकन मानिन्छन् । कन्नड फिल्म इण्डष्ट्रीजका प्रथम कलाकार उनलाई दादासाहेव फाल्के अर्वाड समेत दिइएको थियो ।
वि.सं.२०७८ कात्तिक १२ शुक्रवार १५:४८ मा प्रकाशित






























