back
CTIZAN AD

धानको बोटमा भुसमात्र लागेपछि मर्कामा परेका किसानलाई नगरपालिकाले राहत दिने

वि.सं.२०७८ कात्तिक २३ मंगलवार

723 

shares

भक्तपुर । चाँगुनारायण नगरपालिकाले धानको बोटमा भुसमात्र लागेर धान नफलेपछि पीडित किसानलाई राहत दिने भएको छ । सोमबार राष्ट्रिय कृषक समूह महासङ्घ नेपाल, जिल्ला कार्यसमितिको आयोजना र नगरपालिकाको सहआयोजनामा भएको अन्तक्र्रिया कार्यक्रममा नगरप्रमुख सोमप्रसाद मिश्रले पीडित किसानलाई राहत प्रदान गरिने बताए ।

नगरपालिकाका करिब ७० किसानले २०० रोपनी जमिनमा लगाएको धान उत्पादन नभएर किसान पीडामा परेकाले क्षति भएअनुसारको क्षतिपूर्ति नगरपालिकाले दिन नसके पनि केही राहत भने उपलब्ध गराउन उनले जानकारी दिए । नगरपालिकाको कृषि विज्ञले सिफारिस नगरेको र किसानलाई नलगाउन भनिएको धान नफलेर भुसमात्रै भएकाले धेरै फल्ने आशामा जथाभावी धान नरोप्न नगरप्रमुख मिश्रले किसानलाई सुझाव दिए ।

कार्यक्रममा चाँगुनारायण र सूर्यविनायकका पीडित २०० भन्दा बढी किसानको सहभागिता थियो । किसानले चिनियाँ धान डिवाइ २८, खुमल–८ लगायत धानको बीउ ल्याएर रोप्दा उत्पादन न्यून भएको बताएका छन् । हाइब्रिड धान लगाउँदा उत्पादन कम भएकाले अब सरकारले आफूहरूलाई राहत दिनुपर्ने किसानको माग थियो ।

वि.सं.२०७८ कात्तिक २३ मंगलवार ०८:२६ मा प्रकाशित

लघु जीवन बीमामा सर्वसाधारणको आकर्षणः चैतसम्म ८ अर्ब ४५ करोड प्रिमियम संकलन

लघु जीवन बीमामा सर्वसाधारणको आकर्षणः चैतसम्म ८ अर्ब ४५ करोड प्रिमियम संकलन

काठमाडौं । नेपालमा न्यून आय भएका वर्गलाई लक्षित गरी सञ्चालनमा...

बीमा व्यवसायको प्रादेशिक अवस्था बागमती प्रदेशको हिस्सा ४४ प्रतिशत, कर्णाली अझै पछि

बीमा व्यवसायको प्रादेशिक अवस्था बागमती प्रदेशको हिस्सा ४४ प्रतिशत, कर्णाली अझै पछि

काठमाडौं । नेपालको बीमा बजारमा प्रादेशिक असन्तुलन अझै कायम देखिएको...

जीवन बीमा बजारको नयाँ तथ्याङ्कः चैतसम्म १ खर्ब ४३ अर्बको व्यापार, नेपाल लाइफको एकलौटी अग्रता

जीवन बीमा बजारको नयाँ तथ्याङ्कः चैतसम्म १ खर्ब ४३ अर्बको व्यापार, नेपाल लाइफको एकलौटी अग्रता

काठमाडौं । नेपालमा संचालमा रहेका जीवन बीमा कम्पनीहरूले चालू आर्थिक...

किसानको भविष्य र अनुदानको पुनर्संरचना

किसानको भविष्य र अनुदानको पुनर्संरचना

​नेपालको अर्थतन्त्रको मेरुदण्ड मानिने कृषि र पशुपालन क्षेत्र आज एक...

सर्वनाम थिएटरमा ‘वसन्त काव्य उत्सव: गजल साँझ सम्पन्न

सर्वनाम थिएटरमा ‘वसन्त काव्य उत्सव: गजल साँझ सम्पन्न

काठमाडौं । राजधानीको कालिकास्थानस्थित सर्वनाम थिएटरमा ‘वसन्त काव्य उत्सव’ अन्तर्गत...

श्याकर ट्रेडिङले काठमाडौंमा दुई प्रिमियम सर्भिस सेन्टर उद्घाटन गर्दै सेवा विस्तार सुरु गर्‍यो

श्याकर ट्रेडिङले काठमाडौंमा दुई प्रिमियम सर्भिस सेन्टर उद्घाटन गर्दै सेवा विस्तार सुरु गर्‍यो

काठमाडौं । ज्योति समूहअन्तर्गतको श्याकर ट्रेडिङ कम्पनीले हुन्डाई सवारी साधनका...