back
CTIZAN AD

नबिल बैंक र सहजबीच प्रदेश १ मा रहेका साना तथा मध्यम कृषि उद्यमलाई प्रवर्द्धन गर्न सम्झौत

वि.सं.२०७८ कात्तिक २४ बुधवार

582 

shares

२४ कार्तिक, काठमाडौँ । नबिल बैंक र सहज बिच प्रदेश १ मा रहेका साना तथा मध्यम कृषि उद्यमलाई वित्तीय प्रवर्द्धन एवं सुदृढीकरणका लागि सम्झौता भएको छ ।

आफ्ना ग्राहकहरुलाई गुणस्तरीय र नविनतम बैंकिङ सेवा प्रदान गर्ने नेपालको अग्रणी यस बैंकले स्विस कन्ट्याक्ट (प्रमुख एजेन्सीको रूपमा) र वातावरणीय तथा कृषिनीति अनुसन्धान, विस्तार र विकास केन्द्रद्वारा कार्यान्वयन गरिएको स्विस एजेन्सी फर डेभलपमेन्ट एण्ड कोअपरेसन (एसडीसी) परियोजना सहज बिच प्रदेश नं. १ मा वित्तीय समावेशीकरण बृद्धि गरी कृषि उद्यम प्रवर्द्धन गर्दै कृषि क्षेत्रको सुदृढीकरण गर्ने उद्देश्यले उक्त सम्भौता गरेको र सोही अनुसार बैक र सहज बिच परियोजना तयार गरिएको छ ।

नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाह र स्विस कन्ट्याक्ट नेपालका कन्ट्री डाइरेक्टर, सञ्जय कार्कीले एक विशेष समारोहकाबीच उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । परियोजनाको बारेमा बोल्दै नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत शाहल भने “नबिल बैंकले सदैब वित्तीय समावेशी करणलाई प्राथमिकता दिदै आएको र कृषि क्षेत्रमा गरीने कर्जा प्रवाहले नेपालको अर्थतन्त्रको दिगो विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए ।

त्यस्तै स्विस कन्ट्याक्ट नेपालका कन्ट्री डाइरेक्टर सञ्जय कार्कीले भने “जनता र समुदायको जीवनमा सुधार गर्ने दिगो अवसरहरू सिर्जना गर्न एवं त्यसलाई आकार दिन निजी क्षेत्रका संस्थाहरू र सम्बन्धित सरोकारवालाहरूसँग साझेदारीमा स्विस कन्ट्याक्ट नेपाल विश्वास गर्ने बताए ।

नबिल बैंकले समृद्ध र समावेशी कृषि क्षेत्रको विकास गर्न दिएको प्राथमिकतालाई आत्मसाथ गर्दै स्विस कन्ट्याक्ट नेपालको प्रमुख परियोजना सहजले बैंकलाई आफ्नो विद्यमान क्षमतामा सुधार गर्न र प्रदेश १ मा स्थित कृषि व्यवसायलाई नवीन सेवा तथा उत्पादनहरू प्रदान गर्नका लागि वित्तीय र प्राविधिक सहयोग उपलब्ध गराउन नबिल बैंकसँग साझेदारी गरेको हो ।

यस सम्झौता अन्तर्गत बैंकले हाल कृषि व्यवसायीलाई उपलब्ध गराउने कर्जा सुबिधा प्रक्रियामा विशेष सुधार गरी प्रदेश १ मा रहेका कृषि उद्यमी/व्यवसायीहरुको वास्तविक आवश्कता अनुकूल वित्तीय श्रोत र साधनमा पर्याप्त परिवर्तन ल्याउने छ।

नबिल बैंकले देशभर रहेका १३५ वटा शाखा, १८८ एटिएम, ७ एक्सटेन्सन काउन्टर र १,५०० भन्दा बढी नबिल रेमिट एजेन्टहरू सहितको बृहत सन्जालमार्फत आफ्ना ग्राहकहरुलाई बैकिङ सेवा प्रदन गर्दै आएको छ ।

वि.सं.२०७८ कात्तिक २४ बुधवार १६:४३ मा प्रकाशित

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर...

माछापुछ्रे बैंक लि द्वारा एम बि एल आइटी कर्जा सेवा बिस्तार

माछापुछ्रे बैंक लि द्वारा एम बि एल आइटी कर्जा सेवा बिस्तार

काठमाडौँ । डिजिटल रूपान्तरणलाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ माछापुछ्रे बैंक...

नबिल बैंकद्वारा गोपनीयता चुहावट आरोपको खण्डन, दुष्प्रचार नगर्न चेतावनी

नबिल बैंकद्वारा गोपनीयता चुहावट आरोपको खण्डन, दुष्प्रचार नगर्न चेतावनी

काठमाडौं । नबिल बैंक लिमिटेड ले ग्राहकको बैंकिङ गोपनीयता भंग...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...