back
CTIZAN AD

प्रभु बैंकको शेयर कारोबार रोक्का : नेप्सेले सोध्यो स्पष्टीकरण

वि.सं.२०७८ कात्तिक २५ बिहीवार

687 

shares

२५ कार्तिक, काठमाडौँ । नेपाल स्टक एक्सचेञ्जले प्रभु बैंकको कारोबार रोक्का गरेको छ । बैंकले कारोबार समयमा सञ्चालक समितिको बैठक गरेर लाभांश घोषणा गरेको भन्दै नेप्सेले दोस्रो बजारमा बैंकको धितोपत्र कारोबार रोक्का गरेको हो ।

बैंकले गत मङ्गलबार कारोबार भइरहेको समय (दिउँसो १ देखि ३ बजे)मा बैठक बसी धितोपत्र कारोबार तथा मूल्य प्रभावित पार्ने काम भएको भन्दै धितोपत्र सूचीकरण विनियमावली–२०७५ को विनियम १६(१)ख मा भएको व्यवस्थानुसार कम्पनीको कारोबार रोक्का गरेर सात दिनको समय दिई स्पष्टीकरण सोधेको नेप्सेले जनाएको छ ।

बैंकको मङ्गलबार बसेको सञ्चालक समिति बैठकले लगानीकर्तालाई १२ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।

वि.सं.२०७८ कात्तिक २५ बिहीवार १६:५९ मा प्रकाशित

धितोपत्र बोर्डका अध्यक्ष श्रेष्ठले दिए राजीनामा

धितोपत्र बोर्डका अध्यक्ष श्रेष्ठले दिए राजीनामा

काठमाडौँ । नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले पदबाट राजीनामा...

नेप्से परिसूचक ३३ अङ्कले घट्यो

नेप्से परिसूचक ३३ अङ्कले घट्यो

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा गिरावट देखिएको छ...

नेप्से परिसूचक ४८ अंकले बढ्यो

नेप्से परिसूचक ४८ अंकले बढ्यो

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४८ दशमलव ७१...

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडद्वारा रकम दुरुपयोगको कडा प्रतिवाद

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडद्वारा रकम दुरुपयोगको कडा प्रतिवाद

काठमाडाैँ । हालै सार्वजनिक भएका भ्रामक समाचारप्रति नेपाल लाइफ इन्स्योरेन्स...

नेप्से परिसूचकमा सामान्य अङ्कको वृद्धि

नेप्से परिसूचकमा सामान्य अङ्कको वृद्धि

काठमाडौँ । यो साता कारोबारको अन्तिम दिन नेपाल स्टक एक्सचेञ्ज...