back
CTIZAN AD

कानूनको धज्जी उडाउँदै मुलधारका मिडियामा मदिराको विज्ञापन, के हुन्छ कारबाही ?

वि.सं.२०७८ कात्तिक २९ सोमवार

1.1K 

shares

काठमाडौं । सोमबार सबैजसो मुलधारका दैनिक पत्रिका र केही अनलाईन मिडिया नेपाल डिस्टिलरी कम्पनीले दिएको विज्ञापनले सजिए । कम्पनीले आफ्नो ‘खुकुरी रम’ नामक मदिराको बोतलमा गरिएको परिवर्तनलाई निकै खर्च गरेर सजिसजाउपूर्वक सञ्चार माध्यममार्फत प्रचार गरेको थियो । कम्पनीले ‘उही उत्कृष्ट स्वाद, अब नयाँ प्याकमा’ भन्दै मदिरा नै नपिउने मानिसलाई समेत आर्कषित गर्ने गरि विज्ञापन छपाएको थियो ।

यहाँ प्रश्न उठेको छ, मदिरावालाले पैसा तिरेर विज्ञापन छपायो, छाप्नेले पनि मोटै रकम हात पार्यो तर, यसरी विज्ञापन छाप्न मिल्छ कि मिल्दैन ? के हाम्रो कानूनले खुलम खुल्ला ‘मदिरा पिउनुस्, रमाउनुस’ भनेर विज्ञापन छपाउन पाइन्छ ?

जनस्वास्थ्य सेवा ऐन, २०७५ को दफा ४५ को उपदफा १ मा प्रष्ट रुपमा मदिरा, चुरोट, सुर्ती र सूर्तीजन्य पदार्थको विज्ञापन छपाउन नपाईने उल्लेख छ । ‘मदिरा, चुरोट, सुर्ती तथा सूर्तीजन्य पदार्थलगायतका मानव स्वास्थ्यलाई प्रतिकुल असर गर्ने कुनै पनि विज्ञापन सामग्रीको उत्पादन, वितरण तथा प्रचार प्रसार गर्न पाइने छैन्’, ऐनमा उल्लेख गरिएको छ ।

जनस्वास्थ्य सेवा ऐनको सोही व्यवस्थालाई टेक्दै विज्ञापन (नियमन गर्ने) ऐन, २०७६ को दफा ५ को उपदफा १ मा मदिरा र सुर्तीजन्य पदार्थको विज्ञापन गर्न नपाइने बताइएको छ । विज्ञापन (नियमन गर्ने) ऐन, २०७६ मा को व्यवस्थालाई उल्लंघन गरिएमा कारबाही गर्ने पनि प्रष्ट पारिएको छ ।

यहाँ कानूनी कारबाहीको विषय मात्रै नभएर सञ्चार माध्यमले निर्वाह गर्नुपर्ने सामाजिक दायित्वको विषयमा पनि गम्भीर प्रश्न उठेको देखिन्छ । पैसाका लागि जस्तोसुकै विज्ञापन छाप्न तयार हुने प्रवृत्तिलाई निरुत्साहित गरिनु अतिआवश्यक छ ।

के छ कारबाही ?

विज्ञापन (नियमन गर्ने) ऐन, २०७६ को दफा २५ मा प्रष्ट रुपमा कानून विपरित विज्ञापन छापेमा छपाउने र छाप्ने दुवै कारबाहीका भागिदार हुने बताइएको छ । दफा २५ को उपदफा २ मा भनिएको छ – कसैले दफा ५ को उपदफा (१) वा (२) प्रतिकुल हुने गरी गरेको कसूरमा त्यस्ता कसूर गर्ने गराउनेलाई सो कसूर गरे बापपत प्रचलित कानूनले कुनै सजाय हुने रहेछ भने सोही बमोजिम सजाय गर्नु पर्नेछ र सो नभएमा एक वर्षसम्म कैद र दश हजार रुपैयाँसम्म जरिवाना गर्नु पर्नेछ ।

दफा २५ को उपदफा ४ मा विज्ञापन छपाउने सम्पादकलाई सोही विज्ञापनकै कारण कारबाही नहुने बताइएको छ तर, सञ्चालकलाई भने कानून बमोजिम नै सजाय हुने प्रष्ट पारिएको छ ।

यहाँ कानूनी कारबाहीको विषय मात्रै नभएर सञ्चार माध्यमले निर्वाह गर्नुपर्ने सामाजिक दायित्वको विषयमा पनि गम्भीर प्रश्न उठेको देखिन्छ । पैसाका लागि जस्तोसुकै विज्ञापन छाप्न तयार हुने प्रवृत्तिलाई निरुत्साहित गरिनु अतिआवश्यक छ ।

No description available.

No description available.

वि.सं.२०७८ कात्तिक २९ सोमवार १५:२३ मा प्रकाशित

आज पनि बढ्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदै छ कारोबार ?

आज पनि बढ्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदै छ कारोबार ?

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको...

दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा  ग्रान्ड अडिसन सम्पन्न

दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा  ग्रान्ड अडिसन सम्पन्न

काठमाडौं । दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा...

प्रतिनिधिसभाको बैठक बस्दै

प्रतिनिधिसभाको बैठक बस्दै

काठमाडौँ । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्दैछ । अपराह्न...

अमेरिकाको भिषाका लागि अन्तर्वार्तामा सत्य बोल्न दूतावासको आग्रह

अमेरिकाको भिषाका लागि अन्तर्वार्तामा सत्य बोल्न दूतावासको आग्रह

काठमाडौं । अमेरिकी भिसा आवेदन तथा अन्तर्वार्ताका क्रममा सोधिएका प्रश्नको...

चार महिना पछि काममा फर्के सन नेपाल लाइफका सिइओ अर्याल

चार महिना पछि काममा फर्के सन नेपाल लाइफका सिइओ अर्याल

काठमाडौँ । सन नेपाल लाइफका सिइओ राज कुमार अर्याल आजबाट...

करदाता प्रोत्साहन उपहार कार्यक्रममा माछापुच्छ्रे बैंक, बिल तिर्दा १० लाखसम्म पुरस्कार

करदाता प्रोत्साहन उपहार कार्यक्रममा माछापुच्छ्रे बैंक, बिल तिर्दा १० लाखसम्म पुरस्कार

काठमाडौँ । माछापुच्छ्रे बैंक लिमिटेडले नेपाल सरकार, अर्थ मन्त्रालय र...