२९ कार्तिक, काठमाडौँ । साताको दोस्रो दिन सोमबार सेयर बजार (नेप्से) २६ दशमलव ४४ अकंले बढेर समग्र परिसूचक २७१५ दशमलव ३५ बिन्दुमा पुगेको छ । त्यस्तै ठूला कम्पनीहरुकोे कारोबार मापक सेन्सेटिभ पनि ४ दशमलब १० अकंले बढेर ५०६ दशमलब ५४ बिन्दुमा पुगेको छ ।
आज कारोबार रकमको आधारमा महालक्ष्मी विकास बैंक, एचआईडीसीएल, लुम्बिनी विकास बैंक, नविल बैंक, ज्योति विकास बैंक लगायतका कम्पनीहरु शिर्ष स्थानमा रहे भने कारोबार संख्याको आधारमा एचआईडीसीएल, महालक्ष्मी विकास बैंक, लुम्बिनी विकास बैंक, अपी पावर, अरुण भ्याली हाईड्रोपावर लगायतका कम्पनीहरु शिर्ष स्थानमा रहे ।
आज २ कम्पनीको सेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ । आज बोटलर्स नेपाल र मानुषि लघुवित्तको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो ।
वि.सं.२०७८ कात्तिक २९ सोमवार १५:२७ मा प्रकाशित





























