डेगी, जिका भाइरस र चिकुनगुन्या संक्रमणबाट बच्नका लागि विशेष गरेर लामखुट्टेको टोकाइबाट बच्नुपर्दछ । साथै लामखुट्टेको टोकाइबाट जोगिनका लागि विभिन्न कुरामा सावधानी अपनाउन जरुरी छ ।
यसरी बचौ लामखुट्टेको टोकाइबाट
-दिउँसो सुत्दा पनि झुल टाँगेर सुत्ने
-घरको झ्याल ढोकामा लामखुट्टे नर्छिने जाली राख्ने
सकेसम्म जतिबेला पनि लामो बाहुला भएको लुगा लगाउने
-लामखुट्ट भगाउने धूप वा मलमको प्रयोग गर्ने
-लामखुट्टे सक्रिय हुने समयमा विशेष गरी बिहान र साँझपख सावधानी अपनाउने ।
लामखुट्टे बढ्न नदिन यसो गरौं
-घर वरिपरि, कार्यालय, विद्यालय तथा टायर र खुला भाँडा आदिमा पानी जम्मा हुन नदिने ।
-पानी जम्मा गर्ने भाडालाई लामखुट्ट छिर्न नसक्ने गरी छोप्ने ।
-गमलाको प्लेट, फूलदानी, कुलर आदिको पानी कम्तीमा पनि हप्ताको एकपटक फेर्ने ।
-यसका साथै जिका भाइरस संक्रमण यौन सम्पर्क र गर्भवती महिलाबाट जन्मिने बच्चामा पनि सर्ने भएकाले सुरक्षित यौन सम्पर्क राख्न र गभएवती महिलाले विशेष ध्यान दिन पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्धारा जारी सूचनामा अनुरोध गरिएको छ ।
वि.सं.२०७८ मंसिर २ बिहीवार १६:०४ मा प्रकाशित






























