back
CTIZAN AD

अमेरिकामा कोरोना कहरका बेला ओभरडोज औषधि खाँदा लाख बढीको ज्यान गयो

वि.सं.२०७८ मंसिर २ बिहीवार

804 

shares

वासिङटन । संयुक्तराज्य अमेरिकामा कोरोनाभाइरस महामारीकै अवधिमा एक लाख भन्दा बढी व्यक्तिको बढी औषधि सेवन (ओभरडोज) का कारण ज्यान गएको छ । स्वास्थ्य अधिकारीहरुका अनुसार, फेन्टानाइल नामको औषधि र नक्कली अनलाइन चक्की (पिल्स) खाएर मानिसको मृत्यु भएको हो ।

विज्ञहरुको भनाईमा अमेरिकामा प्रतिबन्धित फेन्टानाइल समूहका औषधिको सेवन बढेको छ भने मेक्सिकोबाट निकै घातक नक्कली औषधि अमेरिका भित्रिएको छ । यी औषधिको अनलाइनबाट बिक्री बढेको र त्यसले मानिसको जीवनलाई नै जोखिममा पारिरहेको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले जारी गरेको एक वक्तव्यमा कोभिड–१९ महामारीमा संघर्ष गरिरहेकै अवस्थामा ओभरडोज विरुद्धको संघर्ष पनि उत्तिकै चुनौतीपूर्ण रहेको बताएक छन् ।

संयुक्तराज्य अमेरिकामा अप्रिल २०२० देखि अप्रिल २०२१ को एक वर्षको अवधिमा एक लाख ३०६ जनाको बढी औषधि सेवन (ओभरडोज) का कारण मृत्यु भएको छ । अघिल्लो वर्षको सोही अवधिको तुलनामा यो २८.५ प्रतिशतले बढी हो अर्थात् हरेक पाँच मिनेटमा एक व्यक्तिको ओभरडोजका कारण ज्यान जाने गरेको छ ।

समग्रमा, मृत्यु भएका कूल संख्या एक लाख ३०६ जना मध्ये लागूऔषध (ओपिओड्स)को सेवनबाट ७५ हजार ६७३ जनाको मृत्यु भएको छ र यसमध्ये पनि अधिकांशको सिन्थेटिक ओपिओड्सबाट भएको छ । यस समूहमा त्यही फेन्टानाइल पर्दछ । प्रायः यी लागूपदार्थ शरीरमा दुखाई कम गर्न प्रयोग गरिन्छ ।

अमेरिकी स्वास्थ्य मन्त्री जाभियर बेसिराले यो संकट निकै संवेदनशील क्षणमा पुगिसकेकाले सबै मिलेर सामना गर्नुपर्नेमा जोड दिएका छन् ।

कोभिड–१९ को समयमा बढी समय काम गर्नुपर्ने तथा घरमै बिनाकाम समय कटाउने दुबै किसिमका व्यक्तिले दुखाई कम गर्न र मन भुलाउन यस्ता लागूपदार्थको सेवन गर्ने गरेको पनि मन्त्री जाभियरको भनाई छ । परिवारका सदस्यहरु गुमाएका छोरा छोरीले सार्वजनिक रुपमै यस्ता घातक औषधि सेवन गरेको बताएका पनि मन्त्री जाभियरले बताए ।

अमेरिकामा कोभिड–१९ बाट पाँच लाख व्यक्तिको ज्यान गएको छ ।

अमेरिकी औषधि नियामक निकायले वास्तविक औषधि झैं लाग्ने तर लागूपदार्थ मिसाइएका औषधिहरु अनलाइनबाट बिक्री भइरहेको भन्दै त्यसतर्फ सचेत रहन नागरिकहरुलाई आग्रह गरेको छ । यसै वर्ष मात्र एक करोड ४० लाख चक्की नक्कली औषधि बरामद गरिएको छ । यी औषधि चीनबाट आपूर्ति गरिएका रसायनको मद्दतबाट मेक्सिकोमा उत्पादन गरिएका छन् ।

यी नक्कली चक्कीहरु सामाजिक सञ्जाल र ई–कमर्स साइटमा छ्यापछ्याप्ती उपलब्ध रहेका छन् । एएफपी

वि.सं.२०७८ मंसिर २ बिहीवार २०:२४ मा प्रकाशित

युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण

युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण

युगान्डाको सेनाले सन् १९७६ मा एन्टेबे विमानस्थलमा गरिएको ऐतिहासिक बन्धक...

अमेरिकी आक्रमण तत्काल स्थगित, ’छिट्टै सम्झौता भए इरानमाथि हमला हुँदैन’ : ट्रम्प

अमेरिकी आक्रमण तत्काल स्थगित, ’छिट्टै सम्झौता भए इरानमाथि हमला हुँदैन’ : ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग छिट्टै कूटनीतिक सम्झौता...

नाज्का लाइन्स दृश्यावलोकन उडान दुर्घटना, १३ जनाको मृत्यु

नाज्का लाइन्स दृश्यावलोकन उडान दुर्घटना, १३ जनाको मृत्यु

बोगोटा । पेरुको नाज्का सहरनजिक शनिबार युरोपेली पर्यटक बोकेको एउटा...

इरान युद्ध अन्त्यका लागि सम्झौताको खाका तयार भएको ट्रम्पको दाबी

इरान युद्ध अन्त्यका लागि सम्झौताको खाका तयार भएको ट्रम्पको दाबी

वासिङ्टन । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यपूर्वका सहयोगी...

गाजामा रातभरको इजरायली आक्रमणमा आठ जनाको मृत्यु

गाजामा रातभरको इजरायली आक्रमणमा आठ जनाको मृत्यु

गाजा सहर । युद्ध अन्त्य गर्ने सम्भावित सम्झौतामा हमासले सहमति...

स्पेन–मोरक्को सीमामा गम्भीर संकट

स्पेन–मोरक्को सीमामा गम्भीर संकट

म्याड्रिड । स्पेनको उत्तर अफ्रिकास्थित स्वायत्त सहर स्यूटामा दुई दिनको...