८ मंसिर, काठमाडौँ । नेपाल एसबिआई बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ ।
बैंकले गत असार मसान्तसम्म कायम चुक्ता पूँजीको ३.५० प्रतिशत बोनस सेयर र १.८१ प्रतिशत नगद लाभांश गरी कुल ५.३१ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ ।

वि.सं.२०७८ मंसिर ८ बुधवार १३:०९ मा प्रकाशित





























