back

टुल्की’ले पायो युनिभर्सल सर्टिफिकेट

वि.सं.२०७८ मंसिर ९ बिहीवार

150 

shares
NTC AD
Global IME AD

काठमाडौँ । नेपाली कथानक चलचित्र ‘टुल्की’लाई युनिभर्सल सर्टिफिकेट प्रदान गरिएको छ । द पाल्म गुप्र प्रालिको ब्यानरमा निर्माण गरिएको नेपाली कथानक चलचित्र ‘टुल्की’लाई युनिभर्सल सर्टिफिकेट प्रदान गरिएको हो । उक्त चलचित्रलाई सेन्सर बोर्डको चलचित्र जाँच समितिले सर्टिफिकेट प्रदान गरेको हो ।

बुधवार सेन्सर बोर्डका पदाधिकारीले चलचित्र हेरेपछि चलचित्रप्रेमी दर्शकले अभिभावकको साथमा हेर्न मिल्ने गरी युनिभर्सल सर्टिफिकेट दिएका हुन् । सर्टिफिकेट पाएसँगै यो फिल्म जुनसुकै उमेरसमूहका व्यक्तिले हेर्न पाउनेछन् ।

द पाल्म गुप्र प्रालिको ब्यानरमा शेखर लामाको प्रस्तुति रहेको र हिमाली भेगमा प्रचलित बहुपति प्रथाको कथामा टुल्की चलचित्र निर्माण गरिएको छ । लक्ष्मण सुनारको कथा, देवजङ्ग थापाको छायाङ्कन तथा निर्देशनमा बनेको चलचित्रमा आरपी कर्माचार्य र शेखर लामाको लगानी छ । शिशिर वाङ्देल, स्वस्तिमा कार्की, नरेन्द्र तामाङ, सोम लामा, शेखर लामा, सौजन सुब्बा, सोफिया लिम्बु, दीर्घ लामा, भक्तसिंह कठायतलगायतको चलचित्रमा अभिनय छ ।

ब्राह्मण बस्तीमा जन्मेकी युवती शेर्पा युवासँग माया प्रेममा परेर विवाह गरेपछि उनले त्यहाँको संस्कार नबुझेर भोग्नुपरेको कथालाई चलचित्रमा उतारिएको निर्माण टिमले जनाएको छ । करिब चार वर्षको अध्ययनपछि चलचित्रको निर्माण गरिएको निर्माता लामाले बताए ।

चलचित्र ‘टुल्की’लाई नेपालमा भन्दा पहिले विभिन्न मुलुकमा प्रदर्शन गरिने र अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा समेत भाग लिने निर्माण समितिले जनाएको छ ।

 

वि.सं.२०७८ मंसिर ९ बिहीवार ०९:५९ मा प्रकाशित

NLIC AD
NABIL bank AD
खेलाडी तुम्बापोको जीवनीमा आधारित चलचित्र ‘अञ्जिला’ निर्माण

खेलाडी तुम्बापोको जीवनीमा आधारित चलचित्र ‘अञ्जिला’ निर्माण

काठमाडौँ । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी गोलरक्षक एञ्जिला तुम्बापो...

कथाकार परशु प्रधानको निधन

कथाकार परशु प्रधानको निधन

काठमाडौँ । कथाकार परशु प्रधानको ८० वर्षको उमेरमा निधन भएको...

पोखरा पुगेर छमछमी नाचे प्रधानमन्त्री प्रचण्ड

पोखरा पुगेर छमछमी नाचे प्रधानमन्त्री प्रचण्ड

गण्डकी । पोखरेलीले आज बिहानैदेखि उत्सव मनाइरहेका थिए । आफ्नो...

नाटकमा फर्किने योजनामा छु : अभिनेता मल्ल

नाटकमा फर्किने योजनामा छु : अभिनेता मल्ल

काठमाडौँ । अभिनेता सौगात मल्ल चलचित्रमा निर्वाह गरेको पात्र र...

सत्य कथामा आधारित भनिएको  ‘गोर्खा वारियर’मा के छ त त्यस्तो ?

सत्य कथामा आधारित भनिएको ‘गोर्खा वारियर’मा के छ त त्यस्तो ?

खोटाङ । ब्रिटिस गोर्खा सैनिक (बेलायती सेना)ले लडाइँमा भोगेका सत्य...

के छ त दयाहाङ राई र मिरूना मगर अभिनित चलचित्र ‘रङ्गेली’ मा ?

के छ त दयाहाङ राई र मिरूना मगर अभिनित चलचित्र ‘रङ्गेली’ मा ?

काठमाडौँ । शक्ति र प्रभावको द्वन्द्व र संवादमा केन्द्रित नेपाली...