९ मंसिर, काठमाडौँ । भारत र न्यूजिल्याण्ड बिचको २ खेलको टेस्ट श्रृखला आजबाट सुरु हुन गईरहेको छ । आज हुन गइरहेको पहिलो टेस्टमा भारतले टस जतेर पहिले ब्याटिङ्ग गर्ने भएको छ ।
पहिलो टेस्टमा बिसीसीआईले विराट कोहलीलाई विश्राम दिएपछि भारतको कप्तानीको जिम्मेवारी अजिक्य राहणेले पाएका छन । भारतका लागि आज श्रेयर अय्यरले टेस्ट क्रिकेटमा डेब्यू गर्न गईरहेका छन । पहिलो टेस्ट अगाडी चोटको कारणले टेस्ट श्रृखलाबाटै बाहिरिएका केएल राहुलको स्थानमा श्रेयस अय्यरले मौका पाएका हुन । त्यसैगरी न्युजिल्याण्डका लागि पनि राचिन रविन्द्रल टेस्ट क्रिकेटमा डेब्यू गर्न गइरहेका छन ।
भारतको प्लेइङ्ग ११ :
टम लाथम, विल यंग, केन विलियम्सन, रस टेलर, हेनरी निकोल्स, टम ब्लन्डेल, रचिन रविन्द्र, टिम साउथी, एजाज पटेल, काइल जेमिसन, विलियम सोमरभिल ।
न्यूजिल्याण्डको प्लेइङ्ग ११ :
शुभमन गिल, मयंक अग्रवाल, चेतेश्वर पुजारा, अजिंक्य रहाणे, श्रेयस अय्यर, ऋद्धिमान साहा, रवीन्द्र जडेजा, अक्षर पटेल, रविचन्द्रन अश्विन, इशान्त शर्मा, उमेश यादव ।
वि.सं.२०७८ मंसिर ९ बिहीवार १०:०१ मा प्रकाशित






























