Logo
२१ जेष्ठ २०८०, आईतवार
     Sun Jun 4 2023
E-paper
  English Edition
   Unicode
Logo

रक्तदानका लागि आह्वान गर्दै विश्वरक्तदाता अर्जुन प्रसाद मैनाली भन्छन् – रक्तदान सामान्य कुरा होइन



रक्तदाताको नाम लिनुपर्दा अर्जुन प्रसाद मैनाली अग्रणी व्यक्तित्व हुन् । लामो समयदेखि अमेरिकामा कार्यक्षेत्र बनाउँदै आएका उनले जीवनमा धेरैपटक रक्तदान गरेर धेरै मान्छेलाई बचाएका छन् । उनी जन्मदिनको शुभकामना दिँदा सबैलाई रक्तदान गर्न आह्वान गर्दछन् । आफ्नो जीवनमा कम से कम एक पटक भनेपनि रक्तदान गरेर कसैलाई बचाउन सहयोग गर्नुपर्ने उनको आह्वान छ । रक्तदानका लागि आह्वान गर्दै विश्वरक्तदाता अर्जुन प्रसाद मैनाली भन्छन् –

“रगत एक किसिमको तरल पदार्थ हो । रातो रक्त कोशीकाहरु, सेतो रक्त कोशीकाहरु, प्लेट्लेट्स तथा प्लाज्मा जस्ता तत्वहरु मिलेर रगत बनेको हुन्छ । एउटा स्वस्थ बयस्कको शरीरमा करीब चार पाँच लिटर जती रगत हुन्छ । एउटा स्वस्थ बयस्कको शरीरको हड्डीभित्र करीब २६०० ग्राम जती रातो र पहेँलो रङ्गको मासी हुन्छ । त्यही मासिले हरेक सेकेन्ड करीब २० लाख रातो कोशीका बनाउँछ ।

हड्डी भित्रको मासिमा बनेका रक्तकोशिकाहरु सानो प्वालहरुमार्फत रक्तप्रवहामा प्रवेश गर्दै हड्डिबाट बाहिर निस्कन्छन । त्यसपछी भेना काभा रक्तनली हुँदै रगत मुटुमा पुग्छ । मुटुद्वारा पम्प गरिएको, रगतले मानव शरीरका सय ट्रिलियन कोशिकाहरूमा अक्सिजन, पोषक तत्वहरू र हर्मोनजस्ता सामग्रीहरू पुर्याउने र त्यहाँ उत्पादन भएका फोहोरहरु फाल्ने ठाउँसम्म लैजान्छन । रगतले शरीरमा तापक्रम नियन्त्रण गर्दछ । शरीरलाई रोगबाट जोगाउन प्रमुख भूमिका खेल्छ ।

मानव रातो रक्त कोशीकाहरुको आयु करीब १२० दिनको, सेतो रक्त कोशिकाहरू केही घण्टादेखि केही दिनसम्म, प्लेटलेटहरू लगभग १० दिनसम्म हुन्छ ।

बुढो र क्षतिग्रस्त रातो कोशीकाहरु फियो र कलेजोमा पुगेर नष्ट हुन्छन । फियोले पनि पुरानो र क्षतिग्रस्त रक्तकोशिकाहरुलाई छानेर आफ्नो नियन्त्रणमा लिन्छ र स्वस्थ रगतलाई मात्र रक्त प्रभाहमा पठाउँछ । रातो रक्त कोशीकाहरु भाईरल, ब्याक्टेरिया, हामीले खाने गरेका औषधीका कारण मर्छन । फियोले मरेका रगतबाट फलाम जस्ता उपयोगी तत्वलाई जोगाउने काम पनि गर्छ । फियोमा हर बखत २४० मिलिलिटरसम्म रगत रही रहन्छ । दुर्घटना वा अत्यधिक रक्तश्राव भएको बेलामा त्यहाबाट रगत प्रभाह भई आफ्ना काम गर्छन ।
सामान्यतया, आराम गरिरहेको वयस्क ब्यक्तिको मुटुले प्रति मिनेट करिब ५ लिटर रगत पम्प गर्छ। तर जब तपाइँ दौडनुहुन्छ वा व्यायाम गर्नुहुन्छ, तपाइँको शरीरले पर्याप्त अक्सिजन र ईन्धन प्राप्त गर्नको लागि तपाइँको मुटुले ३-४ गुणा पम्प गर्न सक्छ। औसतमा, मुटुबाट रगत, शरीरको चारैतिर र फेरि मुटुमा फर्किन करिब ४५ सेकेन्ड लाग्छ।

शरीरका बिभिन्न नसाहरुमा हरबखत करीब ६० प्रतिशत जती रगत दौडी रहेका हुन्छन । यतिखेर यिनिहरुले बिभिन्न कोशीकाहरुमा पोषत तत्व र ग्यासहरु आदानप्रदान गरिरहेका हुन्छन । वयस्क मानव मस्तिष्कको तौल ३(४ पाउण्डको हुन्छ । त्यसले शरीरको अक्सिजनको आपुर्तिको २० प्रतिशत उपभोग गर्छ । त्यहा अक्सिजन पुर्याउने काम पनि रगतले नै गर्छ ।स्वस्थ

बयस्कको कलेजोमा हर बखत करीब १३ प्रतिशत (एक पिन्टरएक पोका) रगत भई रहन्छ । मानव शरीरमा सबै भन्दा धेरै किसिमको ९करीब ५०० किसिमको० काम गर्ने र ठुलो अङ्ग कलेजो हो । कलेजोले प्रती मिनेट करीब १४०० मिलिलिटर रगत छान्ने गर्छ । अनी त्यहाबाट आएका फोहोरहरु फाल्ने काम पनि गर्छ ।

कलेजोले छान्न छुटेका बिषादी कुराहरु बाँकी रहेको छ भने मृगौलाले छान्दछ । हाम्रो शरीरको दुई वटै मृगौला मिलेर एक मिनेटमा १२० मिलिलिटर, ७ लिटर प्रती घण्टा र एक दिनमा २०० लिटर रगत छान्ने काम गर्छन ।

खाना खाएपछि पेट र आन्द्रामा रगतले अक्सिजन र पाचनका पदार्थहरु लिएर जान्छ । कलेजो र प्यान्क्रियाजले पाचन पदार्थहरु उत्पादन गर्छन । पाचन प्रणालिमा स्नायु र रगतको प्रमुख भूमिका हुन्छ । तनाव रहित र शारीरिक परिश्रम नभएको अवस्थामा पाचन कृयाको लागि आन्द्रामा प्रसस्त रक्त प्रभाह हुनेगर्छ । एउटा स्वस्थ ब्यक्तिले शरीरलाई शुक्खा हुन नदिन र राम्रो रक्त प्रभाह भई रहन शरीरको तौलको करीब ५ प्रतिशत जती तरल पदार्थ पिउनु नै पर्छ ।

मानव शरीर बिरामी हुँदा वा शल्यकृया गर्नु पर्दा अत्यधिक रक्तश्राव हुन सक्छ । त्यस्तो अवस्थामा ति बिरामीहरुलाई उपचार गर्न रक्तसन्चार गर्नु पर्नेहुन्छ । रगत अहिलेसम्म प्रयोगशालामा बन्न सकेको छैन । यस्तो अवस्थामा स्वस्थले ब्यक्तिले नै रक्तदान गरेर त्यस्ता बिरामीलाई बचाउन सक्छन । संसारका बिभिन्न देशहरुमा रक्तदान गर्न आ-आफ्नै नियम बनाएका छन । रक्तदान गर्दा दुईवटा कुरामा ध्यान दिने गरिन्छ । एक, रक्तदान गर्ने ब्यक्तिको शरीरमा कुनै पनि अप्ठ्यारो नपरोस, र अर्को, बिरामीले पनि स्वस्थ रगत पाउन भन्ने कुरामा ब्लड बैँकहरु सजग रहन्छन । त्यसको लागि रक्तदाताको स्वास्थ्य परिक्षण गरिन्छ । अनी दान गरेको रगत प्रयोगशालामा जाँचेर स्वस्थ छ भन्ने निश्चित भएपछिमात्र बिरामीलाई रक्तसन्चार गरिन्छ ।

यसरी बिरामीहरुलाई बचाउँ भन्ने भावनाले समुदायका केही ब्यक्तिहरुले नियमित रुपमा रक्तदान गर्ने गरेका छन । रक्तदान गर्दा धेरैजसोलाई खासै अप्ठ्यारो महसुस हुँदैन । तर कहिलेकाँही एकदमै कम ब्यक्तिहरुमा, रक्तदान गर्दा शारीरिक कमजोरी हुने, सियोले घोचेको ठाउँमा दुख्ने, वाकवाक लाग्ने, बेहोस हुने जस्ता लक्षणहरु देखिन पनि सक्छन ।

यस्तो अवस्थामा केही बेर आराम गर्नुपर्छ । प्रसस्त तरल पदार्थ वा पानी पिउनु पर्छ । भिटामिन, खनिज पदार्थ भएका खानेकुरा खानुपर्छ । मेवा, गाढा हरियो साग, अण्डाको पहेँलो भाग, सुन्तला, अनार, कागती, अङ्गुर, एभोकाडो, स्याउ, केरा, तरबुज, कोदो, रातो मासु, नट्स, गेडागूडी आदी खानेकुराहरुले पनि रगत बढाउन सहयोग गर्छ । साधारणतया रक्तदान गरेको केही दिनपछी साधारण खनपिनबाट शारीरिक अवस्था पहिलेकै ठाउँमा आउँछ ।

यस्तो दुस्ख पिडा सहेर पनि अरुलाई बचाउन आफ्नो रगत दिनु हुने ब्यक्तिहरु साधारण हुँदै होइनन । कसैले गरेको रक्तदानलाई सामान्य हिसाबले मात्रै हेर्नु हुँदैन । त्यसैले रक्तदानलाई जीवनदान कै बराबरको रुपमा हेर्ने गरिन्छ । हाम्रै नेपाली समाजमा दर्जनौ पटक रक्तदान गर्नुहुनेहरु लाखौंको सन्ख्यामा हुनुहुन्छ । आउनुहोस, तपाईं पनि आफ्नो जीवनमा कम से कम एक पटक रक्तदान गरेर कसैलाई बचाउन सहयोग गर्नुहोस ।”


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा निरन्तर उतारचढाव आइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी

काठमाडौं । बुद्ध एयरको एटिआर ४२ को नमुना जहाज बनाएर आकासमा उडाएका चितवनका अभय

सिन्धुपाल्चोक । मेलम्चीको खानेपानी आयोजनाको मर्मतपछि पानी काठमाडौँ पठाइएको छ । यही जेठ ६

नेपालगञ्ज । बाँकेको राप्तीसोनारी गाउँपालिका–८ ठुडिया खोला नजिकै आज भएको दुर्घटनामा दुई जनाको मृत्यु

नवलपुर। जिल्ला प्रहरी कार्यालयले रु ४१ लाख बढीका पुराना सवारीसाधन बिक्री गरेको छ ।