back
CTIZAN AD

पाँच मुक्तक

वि.सं.२०७८ मंसिर ११ शनिवार

1.5K 

shares


बुहारी पाएर खुसी भएकी सासु आजसम्म देखेको छैन
सासु पाएर कुनै बुहारी खुसी भएको मैले भेटेको छैन
छोरा छोरी समान हुन् हजुर चित्त के कुरामा दुखाउनु
छोरा नहुनेलेलाई वैतरणी तर्न कसैले छेकेको छैन ।


स्वार्थी छ दुनियाँ आफ्नै हितको कुरा गर्छ
सय चोटी हारोस् एउटै जीतको कुरा गर्छ
पैसा र प्रतिष्ठाको मातले उन्मत्त साँढे बनी
मानवमा हुने विभेदलाई रितको कुरा गर्छ


गार्हो नै हुन्छ अर्काको घर पोत्न हजुर
झन गाह्रो साहुको खेतबारी जोत्न हजुर
अरुको दयामा बाँचेर एकपटक हेरिदेऊ
कति गाह्रो हुन्छ चुहिने छानो ओत्न हजुर


जिन्दगीमा कहिले खुशी पनि आउँदो रैछ
मरुभूमि चाहानामा वसन्त नि छाउँदो रैछ
कर्मलाई कर्तव्य ठानेर निरन्तर डटिरहे
सम्झौताले एकदिन नयाँ ऊर्जा पाउँदो रैछ ।


पैसामा बिक्यो ममता पैसैमा साटियो मायाँ पनि
पैसैले पायो प्रतिष्ठा पैसैलाई शितल छायाँ पनि
कस्तो चिज बनायौ दैव ! पैसामा सबथोक पाइने
पैसाले नै दिलायो साथ दायाँ अनि बायाँ पनि ।

 

वि.सं.२०७८ मंसिर ११ शनिवार ०८:४२ मा प्रकाशित

जी.बी. राना र सावित्रा थापाद्वारा लिखित मगर भाषाको अक्खालिपिकेन्द्रित पुस्तकको लोकार्पण

जी.बी. राना र सावित्रा थापाद्वारा लिखित मगर भाषाको अक्खालिपिकेन्द्रित पुस्तकको लोकार्पण

स्याङ्जा, वालिङ । युवा लेखकद्वय जी.बी. राना र सावित्रा थापाको...

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

भक्तपुर । “भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान“ २०८२ वरिष्ठ...

डोल्पा एक्सप्रेस : भाडा शून्य !

डोल्पा एक्सप्रेस : भाडा शून्य !

रज्जु दाहालको “डोहो डोहो डोल्पो” पढ्दा मलाई डोल्पा आफैँ पुगेजस्तो...

झिल्का कविता

झिल्का कविता

अबजस चन्द्र, कमल, झापा १. गराउने ज्ञानको उज्यालो गुरुको दिव्य...

सुसेली

सुसेली

जगदीश्वर पोखरेल पाउँदीबजार लमजुङ सम्प्रति- सन्तोषीनगर कलङ्की सल्लो सुसायो माया...

गजल

गजल

अनुराग अरुण, लुभु, ललितपुर जसमा निकै आत्मीय प्यार हुन्छ हरपल...