back

पाँच मुक्तक

वि.सं.२०७८ मंसिर ११ शनिवार

261 

shares
NTC AD
Global IME AD


बुहारी पाएर खुसी भएकी सासु आजसम्म देखेको छैन
सासु पाएर कुनै बुहारी खुसी भएको मैले भेटेको छैन
छोरा छोरी समान हुन् हजुर चित्त के कुरामा दुखाउनु
छोरा नहुनेलेलाई वैतरणी तर्न कसैले छेकेको छैन ।


स्वार्थी छ दुनियाँ आफ्नै हितको कुरा गर्छ
सय चोटी हारोस् एउटै जीतको कुरा गर्छ
पैसा र प्रतिष्ठाको मातले उन्मत्त साँढे बनी
मानवमा हुने विभेदलाई रितको कुरा गर्छ


गार्हो नै हुन्छ अर्काको घर पोत्न हजुर
झन गाह्रो साहुको खेतबारी जोत्न हजुर
अरुको दयामा बाँचेर एकपटक हेरिदेऊ
कति गाह्रो हुन्छ चुहिने छानो ओत्न हजुर


जिन्दगीमा कहिले खुशी पनि आउँदो रैछ
मरुभूमि चाहानामा वसन्त नि छाउँदो रैछ
कर्मलाई कर्तव्य ठानेर निरन्तर डटिरहे
सम्झौताले एकदिन नयाँ ऊर्जा पाउँदो रैछ ।


पैसामा बिक्यो ममता पैसैमा साटियो मायाँ पनि
पैसैले पायो प्रतिष्ठा पैसैलाई शितल छायाँ पनि
कस्तो चिज बनायौ दैव ! पैसामा सबथोक पाइने
पैसाले नै दिलायो साथ दायाँ अनि बायाँ पनि ।

 

वि.सं.२०७८ मंसिर ११ शनिवार ०८:४२ मा प्रकाशित

NLIC AD
NABIL bank AD
कविता : आत्मनिर्भर देवचूलीको, सभ्यता छ विशाल

कविता : आत्मनिर्भर देवचूलीको, सभ्यता छ विशाल

फर्शुराम भूर्तेल, पैयुँ ५, पर्वत (हाल देवचुली-१५, नवलपुर)  सुन्दर भूमि...

हे मातृभूमि..गजल श्रव्यदृश्य सार्वजिनक

हे मातृभूमि..गजल श्रव्यदृश्य सार्वजिनक

काठमाडौँ । नेपाली साहित्य परिषद्को आयोजनामा कविशिरोमणि लेखनाथ पौड्यालद्वारा रचित...

कविता : लिङ्ग

कविता : लिङ्ग

अर्जुन वेदना राई, इलाम ‘बालिका बलात्कारपछि हत्या’ सृष्टिको अभिन्न अङ्ग...

गजल

गजल

लक्ष्मी प्रसाद फुयाल मोरङ पथरी, शनिश्चरे पत्थर हुँदैछ यो दिल...

कविता : एक मुट्ठी जिन्दगी

कविता : एक मुट्ठी जिन्दगी

निरूविन्दु परियार, कालेबुङ, भारत निद्राबाट बिउँझिना साथ एक अञ्जुली सपना...

कोपिला

कोपिला

गणेश लोहनी, काठमाडौं १. पिलिएर पाक्न थाल्यो घाउ जिन्दगीको आफ्नै...