हरेक पल यो मनले उसैलाई सम्झिएको छ,
त्यहि सम्झनामा नै यो गजल लेखिएको छ ।
भगवान! उसको सबै दुःख म खप्न चाहान्छु,
किनकि मेरो कारण उसले आँसु पिएको छ ।
तिमीलाई पाउने त म भाग्यमानी हुँ प्यारा,
तिमी आएदेखि मेरो सबै खुसि फर्किएको छ ।
अनगन्ती चोटहरूले यो मुटु चिरिएको बेला,
सियो धागो उसैले ल्याई यो मुटु सिएको छ ।
अब मुत्यु हैन! म जीवन चाहान्छु “महोदय“
किनकी कसैले बाँच्ने आधार दिएको छ ।
वि.सं.२०७८ मंसिर ११ शनिवार ०८:४० मा प्रकाशित






























