back
CTIZAN AD

पाँच कोपिला\डाली

वि.सं.२०७८ मंसिर ११ शनिवार

747 

shares


हामीले ज्ञानी बन्नु छ
कुरिति कुसंस्कार हटाई
आँखाको नानी बन्नु छ

भोली असल हुनु छ
मिहिनेत गरि आफ्नो काममा
आकाशमा छुनु छ

शिर हाम्रो उठ्नु छ
नेपालीको पहिचान देखाउदै
काममा नी जुट्नु छ

गौरव गरौंला नी
आफ्नै देशको सिमा बचाउन
मर्न त मरौला नि

बैरि आए टेर्दैनौ
आफ्नो सिमा आफैं बचाउ
साँध लाए टेर्दैनौ

दस छेस्का

टङ्क पन्थ,तानसेन, पाल्पा


कवित्व कला
व्यङ्ग्य शैलीमा
बोल्छ तगडा ।

न्यायका चुड्की
काला कोटैमा
बजाए मुड्की !

आशाको दियो
बलेको थियोे
एक्कासी निभ्यो !

इमान खोज्छु
व्यर्थको चिन्ता
यातना दिन्छ !

जनगणना
गन्तीमा छैनन्
शुभ भावना !

सूत्र खोज्दैछन्
नखरा उस्तै
मन्त्र जप्दैछन् !

तातेन ताबा
मागेकै गाभा
खाउँला बाबा !

वीर नेपाली
पेट छ खाली
सत्ताको झ्याली !

विद्रोह गर्छ
कोसेली लिई
पाउमा पर्छ !
१०
छेस्का तिखारौँ
कलामा बाँधी
भाषा निखारौँ ।

 

 

वि.सं.२०७८ मंसिर ११ शनिवार ०८:४५ मा प्रकाशित

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

भक्तपुर । “भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान“ २०८२ वरिष्ठ...

डोल्पा एक्सप्रेस : भाडा शून्य !

डोल्पा एक्सप्रेस : भाडा शून्य !

रज्जु दाहालको “डोहो डोहो डोल्पो” पढ्दा मलाई डोल्पा आफैँ पुगेजस्तो...

झिल्का कविता

झिल्का कविता

अबजस चन्द्र, कमल, झापा १. गराउने ज्ञानको उज्यालो गुरुको दिव्य...

सुसेली

सुसेली

जगदीश्वर पोखरेल पाउँदीबजार लमजुङ सम्प्रति- सन्तोषीनगर कलङ्की सल्लो सुसायो माया...

गजल

गजल

अनुराग अरुण, लुभु, ललितपुर जसमा निकै आत्मीय प्यार हुन्छ हरपल...

चारु

चारु

सीता शर्मा पन्थी, वीरगन्ज पर्सा तिम्रो मौनताको के नै नाम...