१
कवित्व कला
व्यङ्ग्य शैलीमा
बोल्छ तगडा ।
२
न्यायका चुड्की
काला कोटैमा
बजाए मुड्की !
३
आशाको दियो
बलेको थियोे
एक्कासी निभ्यो !
४
इमान खोज्छु
व्यर्थको चिन्ता
यातना दिन्छ !
५
जनगणना
गन्तीमा छैनन्
शुभ भावना !
६
सूत्र खोज्दैछन्
नखरा उस्तै
मन्त्र जप्दैछन् !
७
तातेन ताबा
मागेकै गाभा
खाउँला बाबा !
८
वीर नेपाली
पेट छ खाली
सत्ताको झ्याली !
९
विद्रोह गर्छ
कोसेली लिई
पाउमा पर्छ !
१०
छेस्का तिखारौँ
कलामा बाँधी
भाषा निखारौँ ।
वि.सं.२०७८ मंसिर ११ शनिवार ०८:४९ मा प्रकाशित






























