back
CTIZAN AD

कविता: आमाको सदिच्छा

वि.सं.२०७८ मंसिर ११ शनिवार

2.7K 

shares

आमा तिम्रा सपना किन हो
मैंले पूरा गर्न सकिन
यो स्वार्थी दुनियाँमा
मैंले आफ्नो स्थान बनाउँन सकिन ।

तिमीले मात्र एकअञ्जुली
सेता फूल त मागेकी थियौ
तर
तिम्रो त्यो पवित्र चरणमा मैंले
सेता फूलहरू चढाउँन सकिन
आमा
मलाई माफ गर्नु है
मैले तिमीले मागेको सेतोफूल
तत्काल तिमीलाई दिन सफल भईँन ।

तिम्रो एउटै सपना थियो
आफू स्वर्गसरि शृङगारिएको हेर्ने
तर आमा
मैंले तिमीलाई सिंगार्न सकिनँ
किन कि
मैले तिमीलाई सिंगार्न
पवित्र पुष्पगुच्छाहरु भेटाउनै सकिनँ ।

एउटै चाहना त थियो तिम्रो
यो पवित्र पुण्यभूमिमा
कोहीपनि भोक अनि शोकले नमरुन्
यो पुण्यभूमि छोडेर
कोही पनि मरूभूमिमा नजाउन्
तर आमा मलाई माफ गर है
मैंले तिम्रो चाहनाको मान राख्न सकिनँ ।

किनकि
तिम्रो यो पवित्र भूमि
आज हत्या, हिंसा
अनि भ्रष्ट्राचारले अपवित्र भएको छ
त्यसैले त आमा
आज तिम्रा कैयौँ सन्तान
तातो मरूभूमिमा
रगतका पसिना बगाउँदैछन् ।

आमा तर म
तिम्रा ती सुन्दर सपनाहरु पूरागर्न
हरतरहले कोसिस गर्नेछु
मैंले जसरी पनि
सफल हुँनुछ
तिम्रा सुन्दर सपना पूरा गर्नुछ
मलाई आशीर्वाद देऊ
आमा
मलाई विजयको आशिर्वाद देऊ
म जसरी पनि विजयी हुनुछ ।

-युनिभर्सल कलेज, काठमाडौं

वि.सं.२०७८ मंसिर ११ शनिवार ०८:५१ मा प्रकाशित

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

भक्तपुर । “भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान“ २०८२ वरिष्ठ...

डोल्पा एक्सप्रेस : भाडा शून्य !

डोल्पा एक्सप्रेस : भाडा शून्य !

रज्जु दाहालको “डोहो डोहो डोल्पो” पढ्दा मलाई डोल्पा आफैँ पुगेजस्तो...

झिल्का कविता

झिल्का कविता

अबजस चन्द्र, कमल, झापा १. गराउने ज्ञानको उज्यालो गुरुको दिव्य...

सुसेली

सुसेली

जगदीश्वर पोखरेल पाउँदीबजार लमजुङ सम्प्रति- सन्तोषीनगर कलङ्की सल्लो सुसायो माया...

गजल

गजल

अनुराग अरुण, लुभु, ललितपुर जसमा निकै आत्मीय प्यार हुन्छ हरपल...

चारु

चारु

सीता शर्मा पन्थी, वीरगन्ज पर्सा तिम्रो मौनताको के नै नाम...