back
CTIZAN AD

कविता: सडक, झण्डा र नाङ्गो मान्छे

वि.सं.२०७८ मंसिर ११ शनिवार

4.3K 

shares

मुटु कपाँउने जाडो छल्न उसले
आन्दोलन र जुलुसले
सडकाका किनारहरुमा मिल्काएका
धेरै झण्डाहरु ओढ्यो
कहिले पार्टीको,
कहिले देशको,
त कहिले परदेशको ।
ऊ कहिले विद्रोही भयो,
कहिले खाँटी मान्छे बन्यो,
त कहिले देशद्रोही घोषित भयो ।

एउटा् नाङ्गो मान्छेको–
एउटा नाङ्गै प्रश्न छ कि सरकार !
सदियौं अघि विधवा भईसकेको देशको
आजसम्म लाल झण्डा किन ? ? ?
ऊ सँग छैन अब झण्डा पोत्न पुग्ने रातो रगत !

झण्डा बोक्नेहरुले झण्डा ओढ्नेहरुलाई
बौलाहा भनेको दिनदेखी –
ऊ झण्डा देखेर तर्सिन थाल्यो ।
आजभोली फेरि,
सर्वाङ्ग नाङ्गो आकाश ओढेर
विश्वासहीनतालाई काखी च्यापेर
सडक र गल्लीहरुमा बाँचिरहेछ
एउटा नाङ्गो मान्छे ।

वि.सं.२०७८ मंसिर ११ शनिवार ०८:५३ मा प्रकाशित

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

भक्तपुर । “भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान“ २०८२ वरिष्ठ...

डोल्पा एक्सप्रेस : भाडा शून्य !

डोल्पा एक्सप्रेस : भाडा शून्य !

रज्जु दाहालको “डोहो डोहो डोल्पो” पढ्दा मलाई डोल्पा आफैँ पुगेजस्तो...

झिल्का कविता

झिल्का कविता

अबजस चन्द्र, कमल, झापा १. गराउने ज्ञानको उज्यालो गुरुको दिव्य...

सुसेली

सुसेली

जगदीश्वर पोखरेल पाउँदीबजार लमजुङ सम्प्रति- सन्तोषीनगर कलङ्की सल्लो सुसायो माया...

गजल

गजल

अनुराग अरुण, लुभु, ललितपुर जसमा निकै आत्मीय प्यार हुन्छ हरपल...

चारु

चारु

सीता शर्मा पन्थी, वीरगन्ज पर्सा तिम्रो मौनताको के नै नाम...