back
CTIZAN AD

कथाः गम्बुट

वि.सं.२०७८ मंसिर ११ शनिवार

2.3K 

shares

उसको नाउँ जितेन ! !सबै साथीहरू उसलाई जितु भनेर बोलाउने गर्थे । जन्म र मृत्यु के हो भन्ने विषयमा ज्ञान नहुँदा नै उसकी आमाको देहान्त भएको थियो । बाबु भएता पनि आमा नभएको टुहुरो केटा । वर्ष दिन नपुग्दै बाबुले अर्की स्वास्नी याने सानी आमा भित्राए । केही महिना सम्म त ठीकै थियो तर सानीआमाले छोरो जन्माए पछि जितुको लालनपालनमा कमी आयो । सानी आमाले अर्को सन्तान पाएपछि बाबु पनि साना बाबुको भुमिका निभाउन वाध्य भए सायद। बल्लतल्ल सात बर्षको उमेरमा गाउँ कै प्राथमिक पाठशालामा भर्ना गरिदिए । तर त्यस बेला पाठशालामा चाहिने खाता किताब पेन्सिल आदि भने मुश्किलले किनिदिन्थे बाबुले । लेख्ने पेन्सिल नहुँदा साथीहरुले उनेरले आफ्नो पेन्सिलको ठुट्टे टुक्रा दिन्थे ।

अहिले जस्तो प्राथमिक पाठशालामा सरकारी सहुलियत पाइदैँन थियो । अहिले त दिउँसोको खाना, खाता किताब, युनिफर्म, जुत्ता सबै पाउने प्रावधान छ । ।पाठशाला पछि घरमा काम पनि गर्नु पर्ने, नानी हेर्नु पर्ने, अलिकति काम बिग्रे गाली र कुटाई खाएर भोको पेट सुत्न पर्ने जितुलाई। यसरी नै दिन महिना बित्दै गए ।

जसरी तसरी जितु दोस्रो कक्षामा पुग्यो । बर्खायाममा प्रायः साथीहरू गम्बुट लाएर स्कूल आउने, कोही पानी जुत्ता तर जितुलाई एक जोडी चप्पल सम्म थिएन । सबैले गम्बुट लाएर स्कूल आउने साथीहरू देखेर उसलाई पनि गम्बुट लाउने रहर भयो। एकदिन । आफ्नो बाबुलाई गम्बुट किनि मागे । उसको बाबु कुनै एउटा फ्याक्ट्रीमा काम गर्थे । काम र जमाना अनुसारको तलबले एक जोडी गम्बुट किनिदिन सक्ने तर कान्छी स्वास्नीको डरले आफ्नो पहिलो छोराप्रति आफ्नो कर्त्तव्य निभाउन सकेका थिएनन् । र पनि छोरालाई यसपालिको तलब पाएपछि किनिदिने वचन दिए । त्यो दिन जितु धेरै खुशी भएको थियो । बाबुले तलब पाएपछि रातो रगंको गम्बुट किनि माग्छु भनेर मनमनै रमायो ।

आज १ तारिख बाबुले तलब पाउने दिन । भोलि त बाबुले गम्बुट किनेर ल्याउनु हुनेछ। मीठो सपना देख्यो जितुले । बिहान भान्सा घरमा बाबुले सानो आमालाई भने : आज त म जितेनलाई एक जोडी गम्बुट किनिदिन्छु भनेर मात्रै के भनेथ्यो सानीआमाले ठूलो स्वरमा कुन खुट्टामा लाउँछ तेस्रले गम्बुट तेही खुट्टा भाँचिदिनेछु भन्दै बाबुलाई कराउन थालिन्। भान्सा घरको बाहिरी भित्तामा अडेस लागेर सुनिरहेको जितु रुँदैं भागेर बाख्राको खोर मुनी लुक्न पुग्यो । उसको गम्बुट लाउने रहर सानी आमाको कर्कश आवाजले चक्नाचूर बनायो । आँखाबाट आएको बलिन्द्रधाराले गम्बुट लगाउने रहर, एउटा बाल्यकालको मीठो सपना बगाएर लग्यो। विचरा जितु !

-साई नन्दन, दिलाराम,खर्साङ

वि.सं.२०७८ मंसिर ११ शनिवार ०८:५५ मा प्रकाशित

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

भक्तपुर । “भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान“ २०८२ वरिष्ठ...

डोल्पा एक्सप्रेस : भाडा शून्य !

डोल्पा एक्सप्रेस : भाडा शून्य !

रज्जु दाहालको “डोहो डोहो डोल्पो” पढ्दा मलाई डोल्पा आफैँ पुगेजस्तो...

झिल्का कविता

झिल्का कविता

अबजस चन्द्र, कमल, झापा १. गराउने ज्ञानको उज्यालो गुरुको दिव्य...

सुसेली

सुसेली

जगदीश्वर पोखरेल पाउँदीबजार लमजुङ सम्प्रति- सन्तोषीनगर कलङ्की सल्लो सुसायो माया...

गजल

गजल

अनुराग अरुण, लुभु, ललितपुर जसमा निकै आत्मीय प्यार हुन्छ हरपल...

चारु

चारु

सीता शर्मा पन्थी, वीरगन्ज पर्सा तिम्रो मौनताको के नै नाम...