back
CTIZAN AD

शताब्दी पुरुष सत्यमोहनका तस्विराङ्कित पर्चा र पुस्तक राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडानमा राख्न पहल गरिने

वि.सं.२०७८ मंसिर २० सोमवार

783 

shares

ललितपुर । वाङ्मय शताब्दी पुरुष संस्कृतिविद् डा सत्यमोहन जोशीका तस्विराङ्कित पर्चा र पुस्तक राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडानमा राख्न पहल गरिने भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले शताब्दी पुरुष सत्यमोहनका बारेमा तयार पारिएका तस्विर, पुस्तक तथा पर्चा र चित्र आदि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडानमा राख्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमार्फत पहल गरिने बताएकी छन् ।

दुई वर्षअघि माघ १५ गते कोरिएका ४०० मध्ये छानिएका ४० चित्रको सङ्ग्रह क्यानभासमा ‘सत्यमोहन बा’ चित्रकला प्रदर्शनी कार्यक्रमको आज उद्घाटन गर्दै उनले नेपाली कला अनि वाङ्मयको क्षेत्रमा जोशीले पुर्याएका योगदानको कदर गर्दै अघि बढ्ने भनाइ राखिन् ।
उनले भने, “मुलुकका साथै विशेष गरी ललितपुरले जोशी जस्ता विशिष्ट व्यक्ति पाउनु अत्यन्तै गर्भको विषय रहेको छ ।” उनले एउटै चित्रले जोशीका जीवनका बारेमा उनकौँ कुरा बोल्न सक्ने भएकाले सो चित्र कोर्ने कलाकारको राष्ट्रले उच्च सम्मान गर्ने विश्वास लिएको बताए ।
सत्यमोहन लोक साहित्य भवनलाई आफ्नो व्यक्तिगततर्फबाट रु ५० हजार सहयोग गर्ने जनाउँदै मन्त्री भुसालले पर्यटन मन्त्रालयलाई समेत सो काममा ध्यान दिन आग्रह गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।

शताब्दीपुरुष जोशीले आफ्नो जीवन रहँदै कोरिएका चित्र प्रदर्शन गरिनु आजसम्मको सबैभन्दा सफल दिन रहेकामा खुसी व्यक्त गरे । उनले भने, “योङ पिकासो जस्ता अन्य संस्थाले पनि गाउँगाउँमा पुगरे यस्ता सिर्जनशील प्रतिभाको खोजी गरी बाहिर ल्याएर राष्ट्रियकरण गर्न जरुरी छ ।”

ललितपुर क्षेत्र नं २ प्रतिनिधिसभाका सांसद कृष्णलाल महर्जनले मुलुकका युवामा देखिएको चित्रकलाप्रतिको ऊर्जा र उत्साह प्रशंसनीय रहेको धारणा राख्दै सोलाई थप बढवा गर्न जरुरी रहेको बताए ।

नेपाल ललितकला प्रज्ञा-प्रतिष्ठानका उपकुलपति गोपाल चित्रकारले ललितकला प्रज्ञा–प्रतिष्ठान र पिकासोले कला क्षेत्रको विकासका लागि गरेका काम उदाहरणीय रहेको उल्लेख गर्दै सो पदर्शनीले कलाकारको समेत सम्मान गर्दै जाने भनाइ राखे ।

पिकासोका निर्देशक एवं कलाकार अजय देशारले आफूहरुले जोशीको चित्र तेल अनि पानी तथा सिसाकल र एक्रिलिकको प्रयोग गरेर कोराएको बताए । उनले भने, “चित्रकलामा भाग लिएका ११ देखि ७० वर्ष सम्मका चित्रकारको कलालाई सरकारले उच्च मूल्याङ्कन गर्नुपर्छ भन्ने हामी चाहान्छौँ ।”

जोशीका सो चित्र बिक्री गरेर सङ्कलन भएको कूल रकममा ३५ प्रतिशत कलाकार अनि २० प्रतिशत लोक साहित्य भवन तथा १५ प्रतिशत पिकासोका साथै बाँकी रहेको ३० प्रतिशत गाउँगाउँमा गएर कलाको विकासका लागि खर्च गरिने देशारले जानकारी गराए ।

कार्यक्रममा ललितपुरका साथै गोदावरी अनि महालक्ष्मी उद्योग वाणिज्य सङ्घका प्रतिनिधिका साथै समाजसेवी निर्मला क्षेत्रीको पनि उपस्थिति थियो । कार्यक्रममा उपस्थित व्यक्तिले जोशीको योगदानका विषयमा खुलेर प्रशंसा गर्दै सुस्वास्थ्य एवं दिघार्युको कामनासमेत गरेकी थिइन् ।
रासस

वि.सं.२०७८ मंसिर २० सोमवार १६:३८ मा प्रकाशित

गुरु आमा’प्रति पत्रकारदेखि पर्यटन व्यवसायी आकर्षित

गुरु आमा’प्रति पत्रकारदेखि पर्यटन व्यवसायी आकर्षित

काठमाडौं । नेपाली कथानक चलचित्र ‘गुरु आमा’प्रति पत्रकारदेखि पर्यटन व्यवसायीसम्म...

म्याग्दीको सुन्दर गाउँ गुर्जामा  पहिलोपटक चलचित्र छायाङ्कन

म्याग्दीको सुन्दर गाउँ गुर्जामा पहिलोपटक चलचित्र छायाङ्कन

बेनी (म्याग्दी) । धवलागिरि गाउँपालिका–१ गुर्जामा पहिलोपटक चलचित्रको छायाङ्कन गरिएको...

‘गुरु आमा’ हेर्ने दर्शकले भरिए काठमाडौँका सिनेमाहल, चर्चित कलाकारका फिल्म फिक्का

‘गुरु आमा’ हेर्ने दर्शकले भरिए काठमाडौँका सिनेमाहल, चर्चित कलाकारका फिल्म फिक्का

  काठमाडौं । नेपाली चलचित्र बजारमा यसपटक अनपेक्षित रूपमा चलचित्र...

‘लालीबजार’ प्रदर्शनमा

‘लालीबजार’ प्रदर्शनमा

काठमाडौँ । चलचित्र ‘लालीबजार’ आजदेखि प्रदर्शनमा आएको छ । उच्च...

‘गुरु आमा’को भावुक ट्रेलर सार्वजनिक, दर्शकको मन छुने संकेत

‘गुरु आमा’को भावुक ट्रेलर सार्वजनिक, दर्शकको मन छुने संकेत

काठमाडौं । शिक्षक–विद्यार्थी सम्बन्धको भावनात्मक कथावस्तु समेटिएको नेपाली चलचित्र गुरु...

‘गुरु आमा’ को ट्रेलर सार्वजनिक हुँदै

‘गुरु आमा’ को ट्रेलर सार्वजनिक हुँदै

काठमाडौं । नेपाली चलचित्र ‘गुरु आमा’ को ट्रेलर सार्वजनिक गरिने...