back
CTIZAN AD

तालको संरक्षणका लागि सरकार गम्भीर: मन्त्री शाही

वि.सं.२०७३ फागुन २३ सोमवार

924 

shares

२३ फागुन,काठमाडौँ। संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनबहादुर शाहीले पर्यटकको आकर्षणको केन्द्रविन्दुको रुपमा रहेका ताल संरक्षणका लागि सरकार गम्भीर रहेको बताउनुभएको छ ।

राष्ट्रिय ताल संरक्षण विकास समितिको ११औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित ‘दिगो पर्यटन प्रवद्र्धनका लागि ताल तथा सिमसार संरक्षण’ विषयक कार्यक्रममा मन्त्री शाहीले तालको संरक्षण भए मात्र नेपालमा धेरै पर्यटक भित्रिने बताउनुभयो । उहाँले भन्नुभयो, “विद्यालयका पाठ्यक्रममा ताल तलैयाको संरक्षणका विषय समावेश गर्नुपर्छ ।”

मन्त्री शाहीले सरकारको पहलमा नै राष्ट्रिय ताल संरक्षण विकास समिति स्थापना भएको छ भन्दै तालको संरक्षणका लागि सम्बन्धित क्षेत्र एकजुट हुनुपर्ने बताउनुभयो ।

नेपाल पर्यटन बोर्ड सञ्चालक समितिका सदस्य कृष्णकुमार अर्यालले पर्यटन क्षेत्रको विकासका लागि तालको संरक्षण जरुरी रहेकाले यसका लागि समितिसँग सहकार्य गरेर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

समितिका अध्यक्ष नानीकाजी थापाले ताल तथा सिमसार क्षेत्रको विकास, विस्तार र संरक्षण र प्रवद्र्धनको क्षेत्रमा व्यापक जनजागरण सृजना गर्नका लागि फागुन २३ लाई राष्ट्रिय ताल दिवस मनाउन आग्रह गर्नुभयो ।

हाल नेपालमा पाँच हजार तीन सय ५८ प्राकृतिक ताल रहेकामा ५१ प्रतिशत तराई, आठ प्रतिशत पहाड र ४१ प्रतिशत हिमाली भागमा ताल रहेका छन् । त्योमध्ये सबैभन्दा धेरै हुम्लामा मात्र तीन सय ८१ ताल रहेको समितिले जनाएको छ ।

वि.सं.२०७३ फागुन २३ सोमवार १०:२९ मा प्रकाशित

बाढीपीडितलाई ९९ सपिङको साथ : करिब ३ लाख बराबरको राहत वितरण

बाढीपीडितलाई ९९ सपिङको साथ : करिब ३ लाख बराबरको राहत वितरण

काठमाडौं । प्राकृतिक विपत्तिका कारण प्रभावित बनेका नुवाकोटका बाढीपीडित परिवारलाई...

भोटेकोशी बाढीपीडितलाई सघाउन हिमालयन बैंकको ३ करोड बढी सहयोग

भोटेकोशी बाढीपीडितलाई सघाउन हिमालयन बैंकको ३ करोड बढी सहयोग

काठमाडौँ । भदौ १० गते रसुवाको भोटेकोशी नदीमा अचानक आएको...

ऊर्जामन्त्री श्रेष्ठ बाढी प्रभावित क्षेत्रमा

ऊर्जामन्त्री श्रेष्ठ बाढी प्रभावित क्षेत्रमा

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठ बाढी...

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकद्वारा बाढीपीडितलाई ६५ लाख सहयोग

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकद्वारा बाढीपीडितलाई ६५ लाख सहयोग

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित भएकाहरूलाई...

कृष्णभीरको वैकल्पिक सडक खोजिँदै

कृष्णभीरको वैकल्पिक सडक खोजिँदै

चितवन । पृथ्वी राजमार्गको कृष्णभीरमा आइतबार बिहानबाट सडक भासिन थालेपछि...

भोटेकाशी बाढीपीडितका लागि धनगढी उपमहानगरको ४१ लाख सहयोग

भोटेकाशी बाढीपीडितका लागि धनगढी उपमहानगरको ४१ लाख सहयोग

सुदूरपश्चिम । कैलालीको धनगढी उपमहानगरपालिकाले भोटेकोशी बाढीपीडितको सहयोगका लागि रु...