Logo
११ चैत्र २०७९, शनिबार
     Sat Mar 25 2023
E-paper
  English Edition
   Unicode
Logo

तालको संरक्षणका लागि सरकार गम्भीर: मन्त्री शाही



२३ फागुन,काठमाडौँ। संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनबहादुर शाहीले पर्यटकको आकर्षणको केन्द्रविन्दुको रुपमा रहेका ताल संरक्षणका लागि सरकार गम्भीर रहेको बताउनुभएको छ ।

राष्ट्रिय ताल संरक्षण विकास समितिको ११औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित ‘दिगो पर्यटन प्रवद्र्धनका लागि ताल तथा सिमसार संरक्षण’ विषयक कार्यक्रममा मन्त्री शाहीले तालको संरक्षण भए मात्र नेपालमा धेरै पर्यटक भित्रिने बताउनुभयो । उहाँले भन्नुभयो, “विद्यालयका पाठ्यक्रममा ताल तलैयाको संरक्षणका विषय समावेश गर्नुपर्छ ।”

मन्त्री शाहीले सरकारको पहलमा नै राष्ट्रिय ताल संरक्षण विकास समिति स्थापना भएको छ भन्दै तालको संरक्षणका लागि सम्बन्धित क्षेत्र एकजुट हुनुपर्ने बताउनुभयो ।

नेपाल पर्यटन बोर्ड सञ्चालक समितिका सदस्य कृष्णकुमार अर्यालले पर्यटन क्षेत्रको विकासका लागि तालको संरक्षण जरुरी रहेकाले यसका लागि समितिसँग सहकार्य गरेर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

समितिका अध्यक्ष नानीकाजी थापाले ताल तथा सिमसार क्षेत्रको विकास, विस्तार र संरक्षण र प्रवद्र्धनको क्षेत्रमा व्यापक जनजागरण सृजना गर्नका लागि फागुन २३ लाई राष्ट्रिय ताल दिवस मनाउन आग्रह गर्नुभयो ।

हाल नेपालमा पाँच हजार तीन सय ५८ प्राकृतिक ताल रहेकामा ५१ प्रतिशत तराई, आठ प्रतिशत पहाड र ४१ प्रतिशत हिमाली भागमा ताल रहेका छन् । त्योमध्ये सबैभन्दा धेरै हुम्लामा मात्र तीन सय ८१ ताल रहेको समितिले जनाएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । नेपाली बजारमा सुनको भाउमा निरन्तर उतारचढाव आइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी

काठमाडौं । काठमाडौं महानगरपालिकाले १० वर्षका लागि काठमाडौं प्लाजा भाडामा लिएको छ । बुधबार

काठमाडौं । हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको प्रभाव रहेको छ । मौसम तथा