back
CTIZAN AD

आठौं हेम्जा आलु महोत्सव सुरु

वि.सं.२०७३ फागुन २३ सोमवार

1.2K 

shares

२३ फागुन,पोखरा। आजदेखि आठौँं हेम्जा आलु महोत्सव सुरु भएको छ ।  “सुन्दर ठाउँ हेम्जा जाउँ, आलुका स्वादिष्ट परिकार खाउँ ,आलु एक परिकार अनेक”भन्ने मूलनाराका साथ विष्णुपादुका क्लबको आयोजनामा हेम्जाको विष्णु पादुका खेल मैदानमा हुने सो महोत्सव चैत १ गतेसम्म चल्ने छ ।

महोत्सवस्थलमा २१ कृषकबाट उत्पादित ३० टनको ठूलो आलुको पहाड निर्माण गरिएको छ । आलुको थुप्रो ९पहाड०बाटै इच्छुक ग्राहकले प्रति किलो ३२ रुपैयाँमा आलु खरिद गरेर लानसक्ने संयोजक जयराम तिमिल्सिनाले बताउनुभयो । उहाँका अनुसार महोत्सवस्थलको थुप्रोबाटै महोत्सव अवधिभर झन्डै २५ लाखको आलु बिक्री हुनेछ ।
महोत्सवमा आलु तथा ताजा तरकारीको वृहत प्रदर्शन, आलुका विभिन्न १५ परिकारका खानेकुरा, बाल उद्यान, विविध सांस्कृतिक कार्यक्रम लोकदोहोरी तथा सांङ्गितिक समूहको प्रस्तुति, विभिन्न वेषभूषा झल्कने सांस्कृतिक कार्यक्रम, जापानिज सुन्तला तथा विभिन्न कृषि बीउ बिजन समेत प्रदर्शनी गरिएको छ ।

महोत्सवमा १२ वटा आलुका परिकार, ६० वटा व्यवसायीका उत्पादन, ३० वटा कृषि प्रविधि प्रदर्शनी, एक वटा प्राथमिक उपचार केन्द्र र एक वटा सूचना केन्द्र गरी १०४ वटा स्टल राखिएको छ । यसवर्ष हेम्जामा झन्डै नौ हजार मेट्रिक टन आलु उत्पादन भएको अनुमान गरिएको छ ।

हेम्जा र आसपासका गाउँका ६५० हेक्टरमा आलुखेती गरिन्छ भने यसवर्ष ६५० कृषकले व्यावसायिक रुपमा आलुखेती गरेका छन् ।

प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनालीले शान्तिका प्रतिक परेवा उडाएर महोत्सव शुभारम्भ गर्दै किसान व्यावसायिक रुपमै कृषि पेसामा लाग्नुपर्नेमा जोड दिनुभयो ।
युवा सङ्घ नेपालका केन्द्रीय अध्यक्ष राजीव पहारीले कृषिको आधुनिकीकरणका लागि सरकारले किसानलाई विशेष राहतको प्याकेज ल्याउनुपर्नेमा जोड दिनुभयो ।

वि.सं.२०७३ फागुन २३ सोमवार ११:३१ मा प्रकाशित

बाढीपीडितलाई ९९ सपिङको साथ : करिब ३ लाख बराबरको राहत वितरण

बाढीपीडितलाई ९९ सपिङको साथ : करिब ३ लाख बराबरको राहत वितरण

काठमाडौं । प्राकृतिक विपत्तिका कारण प्रभावित बनेका नुवाकोटका बाढीपीडित परिवारलाई...

भोटेकोशी बाढीपीडितलाई सघाउन हिमालयन बैंकको ३ करोड बढी सहयोग

भोटेकोशी बाढीपीडितलाई सघाउन हिमालयन बैंकको ३ करोड बढी सहयोग

काठमाडौँ । भदौ १० गते रसुवाको भोटेकोशी नदीमा अचानक आएको...

ऊर्जामन्त्री श्रेष्ठ बाढी प्रभावित क्षेत्रमा

ऊर्जामन्त्री श्रेष्ठ बाढी प्रभावित क्षेत्रमा

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठ बाढी...

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकद्वारा बाढीपीडितलाई ६५ लाख सहयोग

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकद्वारा बाढीपीडितलाई ६५ लाख सहयोग

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित भएकाहरूलाई...

कृष्णभीरको वैकल्पिक सडक खोजिँदै

कृष्णभीरको वैकल्पिक सडक खोजिँदै

चितवन । पृथ्वी राजमार्गको कृष्णभीरमा आइतबार बिहानबाट सडक भासिन थालेपछि...

भोटेकाशी बाढीपीडितका लागि धनगढी उपमहानगरको ४१ लाख सहयोग

भोटेकाशी बाढीपीडितका लागि धनगढी उपमहानगरको ४१ लाख सहयोग

सुदूरपश्चिम । कैलालीको धनगढी उपमहानगरपालिकाले भोटेकोशी बाढीपीडितको सहयोगका लागि रु...