काठमाडौं । आफ्नै समूहभित्र आकांक्षीहरुको व्यवस्थापन चुनौतिपूर्णं बन्दै गइरहेका बेला कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले नेता कृष्णप्रसाद सिटौलालाई सहकार्यको प्रस्ताव गरेका छन् । बुधबार बिहान साझा उम्मेदवार तय गर्न बोलाइएको बैठक असफल भएपछि नेता पौडेल सहकार्यको प्रस्ताव लिएर सिटौलालाई भेट्न पुगेका थिए ।
पौडेलले शेरबहादुर देउवाको विकल्प खोज्न अनिवार्य भएको भन्दै सहकार्यको प्रस्ताव राखेका थिए । पार्टीलाई वैचारिक हिसाबले ठिक ठाउँमा ल्याउन पनि एकताको आवश्यकता रहेको पौडेलको तर्क छ । विगतमा एउटै मुद्दामा देउवासँग सँगै लडेको आधारमा पनि सहकार्य गरिनुपर्ने पौडेलले प्रस्ताव गरेका थिए ।
तर, सिटौलाले भने सहकार्यको आधार स्पष्ट पार्न आग्रह गरेका छन् । सिटौला निकट एक नेताले बताएअनुसार छलफलमा सिटौलाले सहकार्य गर्ने कुरा निकै राम्रो भएको भन्दै तर आधार स्पष्ट हुनुपर्ने बताएका थिए ।
यसअघि १३ औं महाधिवेशनमा सिटौला स्वंय सभापतिको उम्मेदवारका रुपमा उभिएका थिए । तर, अन्तिममा उनकै सहयोगले देउवा सभापतिमा विजयी भएका थिए ।
कांग्रेसको तेस्रो धारको रुपमा चिनिएको सिटौला पक्षले आफ्ना नेताहरुको सहज व्यवस्थापनको प्रस्ताव जसले ल्याए त्यसैलाई सहयोग गर्ने तयारी गरेको छ । सिटौला पक्षले संस्थापन पक्षसँग पनि छलफल गरिरहेको छ ।
यसअघि १३ औं महाधिवेशनमा सिटौला स्वंय सभापतिको उम्मेदवारका रुपमा उभिएका थिए । तर, अन्तिममा उनकै सहयोगले देउवा सभापतिमा विजयी भएका थिए ।
पौडेल समूहभित्रको आफ्नै किचलो पनि सिटौलालाई संस्थापन पक्षसँग मिल्न बाध्य पारिरहेको देखिन्छ । पौडेल समूहभित्र सभापतिसहित अन्य पदाधिकारीमा आकांक्षी धेरै देखिएको कारण सहमति जुटाउनै सकस देखिएको छ ।
सम्बन्धित समाचार
संस्थापनइतर पक्षको भेला : प्रकाशमान र शेखरको पक्षमा उभिएनन् कोही
वि.सं.२०७८ मंसिर २२ बुधवार १४:३० मा प्रकाशित




























