back
CTIZAN AD

एम.जि. हेक्टर नेपाली बजारमा, मुल्य ५९ लाख ९९ हजार सुरु

वि.सं.२०७८ मंसिर २३ बिहीवार

756 

shares

काठमाडौं । नेपालमा एमजी (मोरिस ग्यारेज) मोटर्सको एकमात्र आधिकारिक वितरक पारामाउन्ट मोटर्स प्रा.लि.ले नक्साल शोरुममा मंसिर २३ गते एक औपचारिक पत्रकार सम्मेलन गरी बहु–प्रतिक्षित हेक्टर एसयुभि सार्वजनिक गरेको छ ।

उक्त कार्यक्रममा गाडीको मूल्य सार्वजनिक गर्नुको साथै ग्राहकहरुलाई गाडीको चाबी हस्तान्तरण पनि गरिएको थियो । गाडी १.५ लिटर टर्बोचार्ज्ड इन्टरकूल इन्जिनयुक्त हेक्टर शाइन एमटी र सिभिटि दुवै भेरियन्टमा उपलब्ध छ । हेक्टर एमटीको मुल्य रु.५९.९९ लाख र हेक्टर सिभिटिको मुल्य रु.६४.९९ लाख रहेको वितरकले जनाएको छ ।

सुरक्षा, शैली र फङ्सनालिटिको लागि हेक्टर भारतीय बजारमा प्रशंसित छ । एसयुभि क्याटेगरीमै पहिलोपल्ट बोल्ड फ्रन्ट क्रोम ग्रिल, प्रोजेक्टर हेडल्याम्प, र स्टाइलिस आर १७ सिल्भर एलोइज, इलेक्ट्रिक सनरुफ, पुश बटन स्टार्ट, इलेक्ट्रिक पार्किङ ब्रेक, २६.४ सेमीको एचडी टचस्क्रिन सिस्टम र अन्य धेरै प्रमुख विशेषताहरू छन् । जसले हेक्टरलाई बेन्चमार्कको रुपमा खडा गरेको छ ।

एसयूभीका अन्य भेरियन्टसँग तुलना गर्दा यो नेपाली सडक र ट्राफिकलाई उपयुक्त हुने दाबी गरिन्छ । भारतमा बनेको यो एसयुभि नेपालस्थित सम्पूर्ण डिलरशिपहरुमा उपलब्ध हुने जनाइएको छ । सो हेक्टरको नयाँ मिड–स्पेक भेरियन्ट हो, जुन बजारमा उपलब्ध मिड साइज एसयुभिहरुको लो–स्पेक र टप–स्पेक ट्रिमहरूबीचमा छ ।

एम.जी. हेक्टर नेपालमा अत्याधिक माग भएको बहु–प्रतिक्षित एसयुभि हो । एमजी हेक्टरको आकर्षक डिजाइन, आधुनिक र स्मार्ट सुविधाहरूले ग्राहकहरूको अपेक्षालाई सम्बोधन गर्ने विश्वास गरिएको छ । नयाँ गेम–चेन्जर मोडलले एसयुभि लेगेसीलाई सुदृढ पार्दै लेटेस्ट् एसयुभि हाँक्ने ग्राहकहरुको चाहना पनि पुरा गर्ने अपेक्षा गरिएको छ ।

वि.सं.२०७८ मंसिर २३ बिहीवार २१:०७ मा प्रकाशित

यस्तो छ आजका लागि समितिले तोकेको कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि समितिले तोकेको कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर...

ओप्पो ए६एक्स स्मार्टफोन नेपालमा सार्वजनिक

ओप्पो ए६एक्स स्मार्टफोन नेपालमा सार्वजनिक

काठमाडौं । ओप्पो ले आफ्नो नयाँ स्मार्टफोन ओप्पो ए६एक्स नेपाली...

सिटिजन लाइफद्वारा ‘सिटिजन लिडर्स’ सांसदलाई सम्मान

सिटिजन लाइफद्वारा ‘सिटिजन लिडर्स’ सांसदलाई सम्मान

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड ले प्रतिनिधि सभा...

माछापुछ्रे बैंक लि द्वारा एम बि एल आइटी कर्जा सेवा बिस्तार

माछापुछ्रे बैंक लि द्वारा एम बि एल आइटी कर्जा सेवा बिस्तार

काठमाडौँ । डिजिटल रूपान्तरणलाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ माछापुछ्रे बैंक...

नबिल बैंकद्वारा गोपनीयता चुहावट आरोपको खण्डन, दुष्प्रचार नगर्न चेतावनी

नबिल बैंकद्वारा गोपनीयता चुहावट आरोपको खण्डन, दुष्प्रचार नगर्न चेतावनी

काठमाडौं । नबिल बैंक लिमिटेड ले ग्राहकको बैंकिङ गोपनीयता भंग...