back
CTIZAN AD

वर्ल्ड लिंकले भित्र्यायो सबै भन्दा छिटो चल्ने इन्टरनेट

वि.सं.२०७८ मंसिर २९ बुधवार

1.3K 

shares

काठमाडौं । इन्टरनेट सेवा प्रदायक वर्ल्ड लिंकले नेपालमै पहिलो पटक ६ सय एमबीपीएस गतिको इन्टरनेट भित्र्याएको छ । उपभोक्तालाई सुपथ मुल्यमा उच्च गतिका इन्टरनेट सेवा दिने उदेश्यसहित यो प्याकेज ल्याइएको वर्ल्ड लिंकले जनाएको छ । यसमा नोकिया बेकन ३.० राउटर प्रयोग हुने जनाइएको छ ।

काठमाडौंको याक एण्ड यति होटेलमा बुधबार आयोजित एक कार्यक्रमका बीच वर्ल्ड लिंकले आफ्नो नयाँ योजना सार्वजनिक गरेको हो । यो सँगै वर्ल्ड लिंकको इन्टरनेटको स्पिड अव १५० एमबीपीएस गतिको हुने कम्पनीले घोषणा गरेको छ । उपभोक्ताले पहिलाको भन्दा पनि सस्तो मुल्यमा कम्तिमा पनि १५० एमबीपीएस गतिको इन्टरनेटको अनुभव गर्न पाउने कम्पनीले जनाएको छ ।

घरायसी उपभोक्ताले अब वार्षिक १४ हजार ४ सय रुपैयाँ अर्थात् मासिक एक हजार दुई सय रुपैयाँमा १५० एमबीपीएस गतिको इन्टरनेट उपभोग गर्न पाउने कम्पनीले जनाएको छ । कम्पनीले १५० एमबीपीएससहित २२५ एमबीपीएस र ३ सय एमबीपीएस गतिको इन्टरनेट पनि पहिलाको भन्दा कम मुल्यमा उपभोग गर्न पाइने जनाएको छ ।

वर्ल्ड लिंकका निर्देशक मनोज अग्रवालले वर्ल्ड लिंक सधैं उपभोक्तालाई सस्तो मुल्यमा गुणस्तरीय इन्टरनेट सेवा दिन तल्लिन रहेको बताए । उनले नेपालको इन्टरनेट स्पिडलाई विश्वमै प्रतिस्पर्धी बनाउने योजना अनुरुप नयाँ योजना सार्वजनिक गरेको बताए ।

साढे पाँच लाख परिवारलाई इन्टरनेटसँग जोडेको वर्ल्ड लिंकले नयाँ योजना सार्वजनिक गरेसँगै नेपालको औसत स्पिड कम्तिमा पनि ८० एमबीपीएस पग्ने अपेक्षा कम्पनीले गरेको छ । वर्ल्ड लिंकका हालका प्रयोगकर्ताहरुले नयाँ योजनामा सहजै सहभागी हुन सक्ने कम्पनीले जनाएको छ । यसको लागि डुअल व्याण्ड भएको राउटर मात्रै आवश्यक पर्ने कम्पनीले जनाएको छ ।

यस योजनाले इन्टरनेट सेवाग्राहीको वाई फाई कभरेज, स्पिड कम हुने समस्या समाधान गर्ने वर्ल्ड लिंकले विश्वास लिएको छ ।

वि.सं.२०७८ मंसिर २९ बुधवार १८:०० मा प्रकाशित

फोटोग्राफी प्रेमीका लागि नयाँ रोजाइ: Vivo V70 बजारमा

फोटोग्राफी प्रेमीका लागि नयाँ रोजाइ: Vivo V70 बजारमा

काठमाडौं। स्मार्टफोन बजारमा नयाँ तरंग ल्याउने लक्ष्यसहित Vivo ले आफ्नो...

डिजिटल बुकिङमार्फत पाटनलाई हेरिटेज स्टे गन्तव्य बनाउने पहल

डिजिटल बुकिङमार्फत पाटनलाई हेरिटेज स्टे गन्तव्य बनाउने पहल

काठमाडौं । ई–बुकिङ नेपाल प्रा.लि. र पाटन स्टे एसोसिएसनबीच पाटन...