back
CTIZAN AD

भागवण्डामा लाग्दैनौं भन्दै शेखर कोइरालाले भने – बेथितीको भने सशक्त प्रतिवाद गर्छौ

वि.सं.२०७८ मंसिर २९ बुधवार

717 

shares

काठमाडौं । नेपाली कांग्रेसको सभापति पदमा पराजित भएका डा। शेखर कोइरालाले आफूहरु भागबण्डा र गुटबन्दीको राजनीतिमा नलाग्ने बताएका छन् । बुधबार महाधिवेशन प्रतिनिधिलाई धन्यवाद दिन आयोजित कार्यक्रममा उनले महाधिवेशन प्रतिनिधिहरुले आफूलाई माया गरेर मत दिएको भन्दै उनले यही माया बोकेर नयाँ ढंगले अघि बढ्ने बताए ।

कोइरालाले पार्टीभित्रका बेथिति अन्त्य गर्न सभापति शेरबहादुर देउवा तयार नदेखिए सशक्त रूपमा प्रस्तुत हुने भने प्रतिबद्धता जनाएका छन् ।

‘लोकतान्त्रिक प्रतिस्पर्धाबाट विजयी भएकोमा शेरबहादुर देउवालाई बधाई छ । उहाँ विगतका वेथिति अन्त्य गर्न तयार नभए हामी सशक्त रूपमा प्रस्तुत हुन्छौँ’ उनले भने ।

उनले निर्वाचनमा पराजित भएको कुरालाई आफूले सामान्य रुपमा लिएको भन्दै निर्वाचनमा कोही जित्ने र कोही हार्ने कुरा स्वाभाविक हुने बताए ।

उनले भने, ‘मभित्र कुनै कुनै कुण्ठा छैन । तर यो पराजयमा राम्रो कुरा देखेँ, नेपाली काँग्रेसका ताईजस्ता साथी, लोकतन्त्रप्रेमी, काँग्रेसलाई माया गर्ने साथी, आम जनताले हाम्रो कदम, हाम्रो टीम विजयी भएको सोच्नु भएको छ ।’

वि.सं.२०७८ मंसिर २९ बुधवार १७:५३ मा प्रकाशित

लुम्बिनीमा यातायात नभएका जिल्लामा सेवा विस्तार

लुम्बिनीमा यातायात नभएका जिल्लामा सेवा विस्तार

तुलसीपुर (दाङ) । लुम्बिनी प्रदेश सरकारले यातायात व्यवस्था कार्यालय नभएका...

तीव्र गतिमा सवारीसाधन चलाउने चालक कारबाहीमा

तीव्र गतिमा सवारीसाधन चलाउने चालक कारबाहीमा

मुग्लिन –चितवन । तीव्र गतिमा सवारीसाधन चलाउने चालकलाई ट्राफिक प्रहरीले...

सिबिफिनद्वारा बैंकका प्रमुख कार्यकारी अधिकृत पक्राउ परेको घटनाप्रति गम्भीर ध्यानाकर्षण

सिबिफिनद्वारा बैंकका प्रमुख कार्यकारी अधिकृत पक्राउ परेको घटनाप्रति गम्भीर ध्यानाकर्षण

काठमाडौँ । धितो लिलामीको विषयलाई लिएर नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका...

आजबाट टाटा मोटर्सले ल्यायो “दग्रान्ड स्विच एक्सचेन्ज क्याम्प”

आजबाट टाटा मोटर्सले ल्यायो “दग्रान्ड स्विच एक्सचेन्ज क्याम्प”

काठमाडौँ । टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ...

पशुपति क्षेत्र विकास कोषको नयाँ नियमावली जारी, कार्यकारी निर्देशक पद नरहने

पशुपति क्षेत्र विकास कोषको नयाँ नियमावली जारी, कार्यकारी निर्देशक पद नरहने

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पशुपति क्षेत्र...