back
CTIZAN AD

वलिउडका यी नायिका जसले लगाए बिहेमा १७ देखि ७५ लाखका लेहेँगा र सारी

वि.सं.२०७८ पुस १ बिहीवार

966 

shares

यतिबेला वलिउडमा नायिका कट्रिना कैफ चर्चामा छाएकी छन् । केहि समय अगाडि सुर्यवंशी फिल्ममा अक्षयकुमारसँग जोडी बाँधेकी कैफ फिल्मका कारण भएको चर्चा नभइ यतिबेला बिहेका कारण चर्चामा छाएकी छन् ।

बेलायती मुलकी भारतीय चर्चित नायिका कैफ केही दिन अगाडि कलाकार विक्की कौशलसँग विहे बन्धनमा बाँधिएकी हुन् । यिनले बिहेमा उपस्थित भएका पाहुँना वा कुनै मिडिया कसैलाई पनि बिहेको फोटो खिच्न नदिने निर्णय गरेर पहिलो चर्चा कमाएकी थिइन् । बिहेको सबै फोटो खिच्ने जिम्मा अमेजन कम्पनीलाई दिइएको बताइएको यी जाृेडीले करोड बढी पैसा कमाएको कुरा पनि बाहिर आएको छ।

फोटोपछि अव कैटको चर्चा उनले विहेमा लगाएको महँगा कपडा, गहना, र बिहेमा सहभागी वलिउडका चर्चित कलाकारहरुले दिएको उपहारको बारेमा चर्चा चलिरहेको छ । साथै उनका पति विक्कि कौशलले दिएको हिराको औठीको पनि खुब चर्चा चलेको छ । कौशलले उनका लागि बेलायतबाट हिराको औठी मगाएका थिए । उक्त औठीको मूल्य ७ लाख ४० हजार भारु रहेको बताइएको छ ।

Inside Pics: Katrina Kaif looks ethereal in her Sabyasachi wedding outfit!

१७ लाखको लेहेँगा
हुन त यसअघि बिहे गरेका भारतीय नायिकाहरुले पनि आफ्नो बिहेमा महँगा कपडा लगाएको समाचार बाहिरिएको थियो । कैफले आफ्नो बिहेमा १७ लाखको लेहँगा लगाएकी थिइन् । सब्यसाची कम्पनीले डिजाइन गरेको उक्त रातो रंगको लेहेँगा अत्यन्तै आकर्षक रहेको बताइएको छ ।

No photo description available.

अनुष्का शर्मा
त्यस्तै अर्की चर्चित नायिका अनुष्का शर्मा २०१७ मा क्रिकेटर विराट कोहलीसँग बिहे बन्धनमा बाँधिएकी हुन् । अहिले एक छोरीकी आमा समेत बनेकी अनुष्काले आफ्नो बिहेमा ८ लाख ७५ हजारको लेहेँगा लगाएकी थिइन् । फिक्का गुलावी कलरको लेहेँगा सव्यासाँची कम्पनीले डिजाइन गरेको थियो । साथै उनले बिहेमा झण्डै ३ करोड भारुको गहना लगाएको पनि समाचार ऐजेन्सीले जनाएका छन् ।

deepika padukone bridal lehenga for Sale > OFF-71%

दीपीका पादुकोण
सन् २०१८ मा नायक रणविर सिंहसँग विवाह बन्धनमा बाँधिएकी चर्चित नायिका दीपिका पादुकोणले १२ लाखको रातो कलरको लेहेँगा लगाएकी थिइन् । उनको लेहेँगाको डिजाइन पनि सव्यासाँचीले नै गरेको थियो । उनले बिहेमा १ करोड ५ लाख भारुको गहना लगाएकी थिइन् भने उनको मंगलशुत्रको मूल्यमात्रै २० लाख रहेको बताइएको छ ।

Buy aishwarya rai wedding saree cost> OFF-71%

ऐश्वर्य राय
सन् २००७ मा नायक अभिषेक बच्चनसँग विवाह बन्धनमा बाँधिएकी ऐश्वर्या रायले आफ्नो बिहेमा ७५ लाखको सारी लगाएकी थिइन् । सव्यासाँचीले नै डिजाइन गरेको उक्त पहेलो कलरको सारीमा इम्ब्रडरी गरिएको थियो । उक्त समयमा यो बिहे वलिउडमा निक्कै चर्चामा आएको थियो । रायले विहेमा ३ करोड बढीको ज्वेलरी लगाएकी थिइन् ।

Priyanka Chopra Sabyasachi Lehenga Cost

प्रियंका चोपडा
त्यस्तै २०१८ मा अमेरिकी पपप गायक निक जोनशसँग विहे गरेकी ३९ वर्षीया नायिका प्रियंका चोपडाले सव्यासाँचीले डिजाइन गरेको १८ लाख भारुको रातो रंगको लेहेंगा लगाएकी थिइन् । उनले बिहेमा झण्डै ४ करोडको ज्वेलरी लगाएकी थिइन् ।

9 most expensive wedding dresses worn by Bollywood actresses. Shilpa Shetty's was for Rs 50 lakh

शिल्पा सेठ्ठी
भारतीय मुलका बेलायती व्यापारीसँग २००९ मा विहे बन्धनमा बाँधिएकी ४६ वर्षीया नायिका सिल्पा सेठ्ठीले ५० लाखको लेहेँगा लगाएकी थिइन् । तरुण तहलियानी नामक कम्पनीले डिजाइन गरेको उक्त लेहेँगा रातो कलरको थियो । साथै उनले स्वयम्बरमा लगाएको औठीले पनि निकै चर्चामा आएको थियो । उक्त औठीको मूल्य ५ करोड रहेको बताइएको छ । सिल्पाले बिहेमा झण्डै ६ करोडको गहना लगाएको बताइएको छ । ऐजेन्सीको सहयोगमा

वि.सं.२०७८ पुस १ बिहीवार १४:१५ मा प्रकाशित

‘गूरु आमा’को टाइटल गीत ‘मन मान्दै मानेन’ सार्वजनिक

‘गूरु आमा’को टाइटल गीत ‘मन मान्दै मानेन’ सार्वजनिक

काठमाडौं । भिन्नै कथावस्तुमा आधारित नेपालीकथानक चलचित्र ‘गूरु आमा’को गीत...

दमदार अभिनय र आकर्षक नृत्यसहित चाँहिदैन सम्पत्ति सार्वजनिक

दमदार अभिनय र आकर्षक नृत्यसहित चाँहिदैन सम्पत्ति सार्वजनिक

काठमाडौं  । गायक राजेश बर्देवा र गायिका क्रिस्टिना अधिकारीको आवाजमा...

चलचित्र ‘गूरु आमा’को ‘सम्झना साँचौला’ सार्वजनिक

चलचित्र ‘गूरु आमा’को ‘सम्झना साँचौला’ सार्वजनिक

काठमाडौँ । भिन्नै कथावस्तुमा आधारित नेपालीकथानक चलचित्र ‘गूरु आमा’को गीत...

फिल्म ‘लालीबजार’ को दोस्रो गीत ‘मिठो संसार’ सार्वजनिक, दर्शकहरूको उत्साह चरममा

फिल्म ‘लालीबजार’ को दोस्रो गीत ‘मिठो संसार’ सार्वजनिक, दर्शकहरूको उत्साह चरममा

काठमाडौं  । नेपाली चलचित्र ‘लालीबजार’ को दोस्रो गीत ‘मिठो संसार’...