back
CTIZAN AD

पाँच मुक्तक

वि.सं.२०७८ पुस ३ शनिवार

732 

shares

१.
जिउनुको अर्थ आँसुको सागरमा डुब्नु भन्छ
गहिराइमा खेल्दै रहस्यहरूसंग झुक्नु भन्छ
वाहा वाहा ! श्रीपेच तिम्रो खेल गज्जबै रहेछ
खेलौँना बनेरै हाँसोको परिभाषा बुझ्नु भन्छ ।

२.
रुप धेरै छन् नेताका चिल्ला गाडी सरी
मोल मोलाई हुन्छन् राम्रा साडी सरी
छिमेकीमा धाउँदै मस्त राष्ट्रियता गाउन
भत्किरहेछ भेष त्यसैले हुकुमी नाडी सरी ।

३.
नपुंसकताले पौरखको भाषा बोलेको सुन्छु
परिभाषा भन्दै राष्ट्रियतालाई पोलेको सुन्छु
देशको माया भन्दै चलिरहेछ तँछाड मछाड
भरोसाको हैन घातको द्वार खोलेको सुन्छु ।

४.
मूर्ति पनि जीव हुन्छन् मान्छेको मनमा
अजीव ग्रन्थ हुन्छन् मान्छे पैसोको तनमा
पाप धर्म भनी न्याय खोजी हिंडनु बेकार
हो तराजु बिकेका छन् यहाँ महँगा धनमा ।

५.
हो बुझे अङ्ग हुन् परिवार डुङ्गाले जस्तै तारिरहने
जिउँदो बनाई सागरमा नि चट्टान जस्तै भारिरहने
ए धन ! मलाई अङ्गभङ्ग नबनाऊ लालचमा चोपेर
मेरो परिवारै हुन् आत्मा नशाले जस्तै बारिरहने

प्रदीप रत्न शाक्य,बौद्ध, काठमाडौं

वि.सं.२०७८ पुस ३ शनिवार ०७:२५ मा प्रकाशित

’भावनाका लहर’ मुक्तक सङ्ग्रहको विमोचन

’भावनाका लहर’ मुक्तक सङ्ग्रहको विमोचन

दाङ । दाङको घोराहीमा एक विशेष साहित्यिक समारोहका बीच साहित्यकार...

चारु

चारु

भवानी पोखरेल (बाबु बिराज ) बाणगंगा १ चार नम्बर कपिलवस्तु...

गजल

गजल

सुधिर थापा, कुपण्डोल , काठमाडौँ खुसी बन्दै झुम्याै कस्तो तिमी...

सुसेली

सुसेली

पिँडालु पण्डित, नुवाकोट १. खाए शपथ सबै बिर्से लुँड्याए भयो...

गजल

गजल

उत्तम विचार, काठमाडौँ गरिब आकाश ओढ्दै छन् सहरमा टन्न घर...

झिल्का कविता

झिल्का कविता

रुना कर्माचार्य दाहाल,चितवन १. मनको मैलो बढार्नु घृणा, रिस सबैलाई...