back
CTIZAN AD

कविता: म बगेको बेला

वि.सं.२०७८ पुस ३ शनिवार

693 

shares

म हिड्दै गर्दा मेरी भावनासंग
कृपया मलाई नबोलाई दिनुस्
म रुदैं गर्दा मेरी सम्झनासंग
कृपया मलाई नहँसाई दिनुस्

म रुझ्दैगर्दा मेरी कल्पनासंग
कृपया मलाई नओत्याई दिनुस्
म तात्तिदै गर्दा ताप सित-राप सित
कृपया मलाई नसेलाई दिनुस्
म डुल्दैगर्दा मेरी कवितासंग
कृपया मलाई नचलाई दिनुस् ।

म झुल्दै गर्दा मेरा विगतहरु सम्झी
कृपया मलाई नझस्काई दिनुस् ।

मलाई खरो हुँदै बिउँझने
लत लागेको छ
मलाई एकखिल्ली दुःख
एकसर्को पीडा पिउनु छ
यी मेरा दैनिक कर्म र धर्मभै सके ।

यदि दयानै जागेको भए
मैले आँखा बन्दगरि देखेका
मेरा
आकाश पाताल चियाउ
मेरा खुल्ला आँखाले चबाएका
फलामे चिउरा चबाउ
म बगेको बेला ।।

मोहन गौतम, रांका सिक्किम

 

वि.सं.२०७८ पुस ३ शनिवार ०७:२९ मा प्रकाशित

झिल्का कविता

झिल्का कविता

बाबुराम गौतम, गुल्मी १. महङ्गीले छोयो आकाश गरिबले सजाएका सपना...

कविता : मातृशक्तिमा हजार लाख वन्दना

कविता : मातृशक्तिमा हजार लाख वन्दना

कृष्णप्रसाद पौडेल ''जस्ताधरे'' विदुर - ४, बट्टार, नुवाकोट अनेक श्रेष्ठ...

चारु

चारु

मन्दा पौडेल, काठमाडौँ शाश्वत छ,न त ऊ हार मान्छ,न कोहीसँग...

सुसेली

सुसेली

सुशीला पौडेल, कोटेश्वर १ आमाको माया हुनेछैन कहिल्यै कसैमा छाया...

गजल

गजल

सुधिर थापा, कुपन्डोल , ललितपुर जीवन तब हाैसिन्छ पुगे आस...

गजल

गजल

डा. ठाकुर मोहन श्रेष्ठ, काठमाडौँ काटेर जराे मस्त चलाेस् भन्नु...