back
CTIZAN AD

कविता: म बगेको बेला

वि.सं.२०७८ पुस ३ शनिवार

714 

shares

म हिड्दै गर्दा मेरी भावनासंग
कृपया मलाई नबोलाई दिनुस्
म रुदैं गर्दा मेरी सम्झनासंग
कृपया मलाई नहँसाई दिनुस्

म रुझ्दैगर्दा मेरी कल्पनासंग
कृपया मलाई नओत्याई दिनुस्
म तात्तिदै गर्दा ताप सित-राप सित
कृपया मलाई नसेलाई दिनुस्
म डुल्दैगर्दा मेरी कवितासंग
कृपया मलाई नचलाई दिनुस् ।

म झुल्दै गर्दा मेरा विगतहरु सम्झी
कृपया मलाई नझस्काई दिनुस् ।

मलाई खरो हुँदै बिउँझने
लत लागेको छ
मलाई एकखिल्ली दुःख
एकसर्को पीडा पिउनु छ
यी मेरा दैनिक कर्म र धर्मभै सके ।

यदि दयानै जागेको भए
मैले आँखा बन्दगरि देखेका
मेरा
आकाश पाताल चियाउ
मेरा खुल्ला आँखाले चबाएका
फलामे चिउरा चबाउ
म बगेको बेला ।।

मोहन गौतम, रांका सिक्किम

 

वि.सं.२०७८ पुस ३ शनिवार ०७:२९ मा प्रकाशित

’भावनाका लहर’ मुक्तक सङ्ग्रहको विमोचन

’भावनाका लहर’ मुक्तक सङ्ग्रहको विमोचन

दाङ । दाङको घोराहीमा एक विशेष साहित्यिक समारोहका बीच साहित्यकार...

चारु

चारु

भवानी पोखरेल (बाबु बिराज ) बाणगंगा १ चार नम्बर कपिलवस्तु...

गजल

गजल

सुधिर थापा, कुपण्डोल , काठमाडौँ खुसी बन्दै झुम्याै कस्तो तिमी...

सुसेली

सुसेली

पिँडालु पण्डित, नुवाकोट १. खाए शपथ सबै बिर्से लुँड्याए भयो...

गजल

गजल

उत्तम विचार, काठमाडौँ गरिब आकाश ओढ्दै छन् सहरमा टन्न घर...

झिल्का कविता

झिल्का कविता

रुना कर्माचार्य दाहाल,चितवन १. मनको मैलो बढार्नु घृणा, रिस सबैलाई...