६ पुष, काठमाडौँ । साताको तेस्रो दिन मंगलबार नेप्से ५६ दशमलव ७३ अंकले वृद्धि हुर्दै समग्र परिसूचक पनि बढेर २४१५ दशमबल ५५ बिन्दुमा पुगेको छ । त्यस्तै ठूला कम्पनीहरुको कारोबार मापक सेन्सेटिभ पनि ११ दशमलब ३४ अंकले बढेर ४६२ दशमलब ५२ अंकमा पुगेको छ ।
आज कुल सूचिकृतमध्ये २२६ कम्पनीका २ अर्ब ३८ करोड ३२ लाख ५९ हजार ८४७ रुपैंयाँ बराबरका ४९ लाख ७४ हजार २५३ कित्ता सेयर किनबेच भएको छ । तिनको कारोबारमा ३४ हजार २ सय १७ पटक लेनदेन भएको छ ।
कारोबार रकमको आधारमा हिमालयन डिष्टिलरी, नबिल बैंक, नेपाल टेलिकम, मञ्जुश्री फाइनान्स, एनएमबी बैंक लगायतका कम्पनीहरु शिर्ष स्थानमा रहे भने कारोबार संख्याको आधारमा एनआईडिसिएल, नेपाल बङ्गलादेश बैंक, एनएमबी बैंक, नेशनल हाईड्रोपावर, एनसीसी बैंक, लगायतका कम्पनीहरु शिर्ष स्थानमा रहे ।
आज सबैभन्दा धेरै कमाउनेमा ग्रीन डेभलपमेन्ट बैंक, जानकी फाइनान्स, रसुवागढी हाईड्रोपावर, ग्रीन लाईफ हाईड्रोपावर, रिलियन्स फाइनान्स लगायतका कम्पनीका लगनीकर्ताहरु परेका छन । त्यसैगरी आज सबै भन्दा धेरै गुमाउनेमा भने गोर्खाज फाइनान्स, तेह्रथुम पावर, मैलुङ खोला जलविघुत लगायतका कम्पनीका लगानीकर्ताहरु परेका छन ।
वि.सं.२०७८ पुस ६ मंगलवार १५:२६ मा प्रकाशित




























