काठमाडौं । चिकित्सा शिक्षा आयोगले तोकेको भन्दा बढि शुल्क उठाउन खोजेको भन्दै विद्यार्थीले विरोध गरेका छन् । काठमाडौं मेडिकल कलेज केएमसीले विद्यार्थी भर्ना शुल्क बढि लिएको भन्दै विद्यार्थीले आन्दोलन गर्ने जनाएका छन् । आयोगले तोकेको भन्दा बढि शुल्क उठाउन खोजेको भन्दै आफुहरुको माग पुरा नभए केएमसीका एमबीबीएस २४ औं र १९ औं ब्याजका विद्यार्थीले आन्दोलन गर्ने बताएका हुन् ।
काठमाडौंमा मंगलबार एक पत्रकार सम्मेलन गर्दै विद्यार्थीले भर्ना शुल्कबाहेक अन्य शिर्षकमा बढि शुल्क लिन खोजेको बताएका छन् । चिकित्सा शिक्षा आयोगले ४० लाख २३ हजार २ सय पचास शुल्क निर्धारण गरेको भए पनि केएमसीले ४० लाखमा आफुहरुले पढाउन नसक्ने बताएको विद्यार्थी राजन पाण्डेले बताए । उनले आयोगले विद्यार्थीले अन्य शुल्क तिर्न नपर्ने बताएको उल्लेख गरे ।
पाण्डेले यसले गर्दा विद्यार्थीलाई मर्का परेको बताए । सिइइ पास गरे पछि एउटै कलेजमा मात्र पढ्नु पर्ने भएकाले केएमसी कलेज बाहेक अन्य कलेज छान्न नपाएको र केएमसीमा भर्ना भएपछि भर्ना शुल्क बाहेक विभिन्न शिर्षकमा पैसा उठाउन खोजीएको उनले आरोप लगाएका छन् ।
यसैगरी केएमसीले आयोगले तोकेको शुल्कमा आफुहरुले पढाउन नसक्ने बताउदै अभिभावकलाई यदि पढाउन नसक्ने भए विद्यार्थीलाई लैजान भन्ने गरेको अर्का एक विद्यार्थीले बताए । उनले विद्यार्थीलाई फेल गरिदीने , रेस्टीगेट सम्म गरिदीने धम्की दिने गरेको बताए ।
विद्यार्थिले आफ्नो अधिकार बाहिरको कुनै पनि माग नराखेको विद्यार्थी निशिता कोइरालाले बाताइन् । राष्ट्रिय चिकित्सा ऐन २०७८ प्रष्टरुपमा उल्लघंन भएको बताइन् । उनले ४० लाख विद्यार्थीले तिर्ने रकम कुन कुन विषयको लागि हो भन्ने नखुलाइएको बताइन् ।
वि.सं.२०७८ पुस ६ मंगलवार १५:०० मा प्रकाशित





























