back
CTIZAN AD

एनटीसी पोस्टपेड अहिलेसम्मकै सस्ताे याेजना, कति रुपैयाँमा कस्तो प्याकेज ?

वि.सं.२०७८ पुस ७ बुधवार

945 

shares

काठमाडाैं । नेपाल टेलिकमले सजिलो अनलिमिटेड पोस्टपेड प्याक घोषणा गरेको छ । यो प्याकेजअन्तर्गत पोस्टपेडमा ५९९, ७९९, ९९९ र १४९९ रुपैयाँका प्याकहरू उपलब्ध गराइने उल्लेख छ ।

५९९ रुपैयाँको अफरमा ३० दिनसम्म चलाउन मिल्नेगरी र नेपाल टेलिकमको नेटवर्कमा कल गर्न सकिने व्यवस्था छ ।

७९९ रुपैयाँको अफरअन्तर्गत अनलिमिटेड अननेट भ्वाइस सेवा, प्रतिदिन १ जीबीका दरले ३० दिन प्रयोग गर्न सकिने ३० जीबी डाटा, २०० वटा अननेट सन्देश, ५० मिनेट अफ नेट भ्वाइस अन्य नेटवर्कमा समेत कल गर्न सकिने र ५० वटा अफ नेट सन्देश पठाउने सुविधा उपलब्ध गराइएको एनटीसीले जनाएको छ ।

९९९ अफरमा अनलिमिटेड भ्वाइस र ४०० वटा अननेट सन्देश पठाउने सुविधा, प्रतिदिन २ जीबीका दरले ३० दिनसम्म प्रयोग गर्न सकिने ६० जिबी डाटा, १०० मिनेट अफ नेट भ्वाइस र १०० वटा अफ नेट सन्देश पठाउन सकिने साथै १४९९ अफरअन्तर्गत अनलिमिटेड भ्वाइस, १ हजारवटा अननेट सन्देश पठाउने सुविधा, प्रतिदिन ४ जीबीका दरले ३० दिन प्रयोग गर्न सकिने १२० जीबी डाटा, २०० मिनेट अफ नेट भ्वाइस र २०० वटा अफ नेट सन्देश पठाउन सकिने सुविधा उपलब्ध हुने एनटीसीले जनाएको छ ।

यी प्याकहरू *१४१५# डायल गरी प्राप्त निर्देशनअनुसार लिन सकिने व्यवस्था गरिएको एनटीसीले जनाएको छ ।

वि.सं.२०७८ पुस ७ बुधवार १२:३४ मा प्रकाशित

फोटोग्राफी प्रेमीका लागि नयाँ रोजाइ: Vivo V70 बजारमा

फोटोग्राफी प्रेमीका लागि नयाँ रोजाइ: Vivo V70 बजारमा

काठमाडौं। स्मार्टफोन बजारमा नयाँ तरंग ल्याउने लक्ष्यसहित Vivo ले आफ्नो...

डिजिटल बुकिङमार्फत पाटनलाई हेरिटेज स्टे गन्तव्य बनाउने पहल

डिजिटल बुकिङमार्फत पाटनलाई हेरिटेज स्टे गन्तव्य बनाउने पहल

काठमाडौं । ई–बुकिङ नेपाल प्रा.लि. र पाटन स्टे एसोसिएसनबीच पाटन...