७ पुष, काठमाडौँ । प्राइम कमर्सियल बैंकको वार्षिक साधारण सभाले प्रस्तावित १६.६३१३ प्रतिशत लाभांश पारित गरेको छ । पुष ६ गते सम्पन्न बैंकको १४औं वार्षिक साधारणसभाले सेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्तावलाई पारित गरेको हो ।
यससँगै, बैंकका सेयरधनीले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट चुक्ता पुँजीको १६ प्रतिशत बोनस सेयर र ०.६३१३ प्रतिशतका दरले नगद लाभांश (कर समेत) पाउने भएका छन् ।
वि.सं.२०७८ पुस ७ बुधवार १६:०३ मा प्रकाशित




























