back
CTIZAN AD

माओवादी केन्द्रका राष्ट्रिय सम्मेलनमा कुन प्रदेशबाट कति प्रतिनिधि  सहभागी हुँदैछन् त ?

वि.सं.२०७८ पुस ८ बिहीवार

654 

shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को प्रथम राष्ट्रिय सम्मेलनमा करिब एक हजार ५०० प्रतिनिधिको सहभागिता रहने भएको छ । आयोजक, सल्लाहकार, ज्येष्ठ कम्युनिष्ट, आयोग, विभाग तथा प्रदेशबाट एक हजार ५३३ प्रतिनिधिको सहभागिता हुने पार्टी प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए ।

सम्मेलनमा आयोजक १७९, सल्लाहकार १४९, ज्येष्ठ कम्युनिष्ट १२५, आयोग ७५, केन्द्रीय विभाग १०२, केन्द्रीय प्रतिनिधि २७ र प्रदेश प्रतिनिधि ८०३ गरी कूल एक हजार ४६० को सहभागिता रहनेछ । यसबाहेक जनयुद्धका घाइते, अपाङ्गता भएका व्यक्ति तथा पूर्वजनमुक्ति सेनाका तर्फबाट पाँच प्रतिशत अर्था्त ७३ जना मनोनीत गरिनेछ । सबैभन्दा धेरै बागमती प्रदेशबाट १२८ र कम प्रवास प्रदेश समितिबाट ३४ प्रतिनिधि सहभागी हुनेछन् । प्रदेश नं २ बाट १०६, लुम्बिनीबाट १०५, प्रदेश नं १ बाट ९६, कर्णालीबाट ८७, सुदूरपश्चिमबाट ८४, गण्डकीबाट ७४, सम्पर्क समन्वय प्रदेशबाट ४३ र उपत्यका विशेष प्रदेशबाट ४२ प्रतिनिधि सहभागी हुने प्रवक्ता महराले जानकारी दिए ।

माओवादीको राष्ट्रिय सम्मेलन यही पुस ११ देखि नेपाल प्रज्ञा-प्रतिष्ठानमा हुँदैछ । राष्ट्रिय सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको माओवादीले जनाएको छ । सम्मेलनमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ क्रान्तिकारी विचार र पार्टी निर्माणका लागि राजीतिक वैचारिक प्रतिवेदन पेश गर्ने बताइएको छ ।
रासस

वि.सं.२०७८ पुस ८ बिहीवार १३:५३ मा प्रकाशित

पोर्चुगलमा पहिलो नेपाली स्वयंसेवी अग्निनियन्त्रक भण्डारी

पोर्चुगलमा पहिलो नेपाली स्वयंसेवी अग्निनियन्त्रक भण्डारी

लिस्बन (पोर्चुगल) । वैदेशिक रोजगारीका क्रममा पोर्चुगल पुगेका एक नेपाली...

नेप्से परिसूचकमा सामान्य अंकको सुधार

नेप्से परिसूचकमा सामान्य अंकको सुधार

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार...

गैरीगाउँका भत्काउन बाँकी घर पुनः भत्काउन सुरु

गैरीगाउँका भत्काउन बाँकी घर पुनः भत्काउन सुरु

काठमाडौँ । काठमाडौँ महानगरपालिका–९ अन्तर्गत गैरीगाउँ क्षेत्रमा अतिक्रमण गरी निर्माण...

रिमालको जेनजी कविता सङ्ग्रह ‘लाभा’ प्रकाशित

रिमालको जेनजी कविता सङ्ग्रह ‘लाभा’ प्रकाशित

काठमाडौँ । साहित्यकार तथा पत्रकार श्याम रिमालद्वारा गत भदौमा नेपालमा...

सुधारिँदै काठमाडौँको वायु गुणस्तर

सुधारिँदै काठमाडौँको वायु गुणस्तर

काठमाडौँ । गत साता तीव्र रूपमा वृद्धि हुन थालेको काठमाडौँ...

बस्ती हटाइएका स्थानमा संरक्षणको काम थाल्न निर्देशन

बस्ती हटाइएका स्थानमा संरक्षणको काम थाल्न निर्देशन

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डङ्गोलले सुकुम्बासी बस्ती...