८ पुष, काठमाडौँ । कृषि विकास बैंक लिमिटेडले आफ्नो १५ औँ वार्षिक साधारणसभा पुस २९ गते गर्ने भएको छ । सभाले सेयरधनीलाई चुक्ता पुँजीको २० प्रतिशत बोनस र १.०५ प्रतिशत नगद लाभांश गरी कुल २१.०५ प्रतिशत लाभांश प्रस्ताव पारित गर्नेछ ।
साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले पुस १६ गतेदेखि पुस २९ गतेसम्म बुकक्लोज गर्ने भएको छ । यस अनुसार पुस १५ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले बैंकको साधारण सभामा सहभागिता जनाउन तथा बैंकले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् ।
वि.सं.२०७८ पुस ८ बिहीवार १३:५१ मा प्रकाशित




























