back
CTIZAN AD

चिसोको मौसममा बालबालिकाको स्वास्थ्यमा यसरी ध्यान दिनुहोस्

वि.सं.२०७८ पुस ८ बिहीवार

678 

shares

चिसोको मौसम छ । देशैभरी दिनप्रतिदिन चिसो बढ्दै गइरहेको छ । चिसोको मौसममा बृद्धबृद्धा र बालबालिकाको स्वास्थ्यमा विशेष ध्यान दिनुपर्ने स्वास्थ्यविज्ञ बताउँछन् ।

चिसोको मौसममा बालबालिकाहरुमा विशेष गरेर फ्लु तथा निमोनिया, बढी हुने हुनाले उनीहरुको स्वास्थ्यमा विशेष ध्यान दिन सुझाव दिन्छन् स्वास्थ्य विज्ञ । चिसोमा बालबालिकालाई खोकी बढी लाग्ने र त्यसको असर लामो समयसम्म रहने गर्दछ ।

बालबालिकामा लामो समसम्म रुघाखोकी लागिरहेमा यसलाई सामान्यरुपमा नलिएर तत्कालै अस्पताल लैजान पनि स्वास्थ्यविज्ञ सुझाव दिन्छन् ।

यसरी दिनुहोस् बालबालिकाको स्वाथ्यमा ध्यान
-बालबालिकाको शिर छोपिने गरी राम्रोसँग न्यानो कपडा लगाइदिनुहोस् ।

-सुत्ने बेलामा पूरै शरिर छोपिने गरी न्यानो कपडा ओढाइदिनुहोस् । यदि बच्चाले निदाएको बेलामा ओढेको कपडा फ्याक्ने बानी छ भने सुत्नेबेलामा न्यानो कपडा लगाइदिएर सुताउनुहोस् ।

-जुन स्थानमा धेरै चिसो छ त्यस्ता स्थानमा बालबालिकालाई नलैजानुहोस् ।

-चिसोको बेला झ्याल र ढोकाको नजिक धेरै समय बालबालिकालाई बस्न नदिनुहोस् । बालबालिकाको खानामा तातो चिज समावेश गर्नुहोस् ।
-बालबालिकालाई दिनहुँ एउटा अन्डा खुवाउनुहोस् । राति सुत्नुभन्दा पहिलो थोरै बेसार राखेर तातो दूध पिउन दिनुहोस् ।

वि.सं.२०७८ पुस ८ बिहीवार १४:०२ मा प्रकाशित

कागती पानी : भ्रम की यथार्थ, के-के छन् त यसको फाइदा ?

कागती पानी : भ्रम की यथार्थ, के-के छन् त यसको फाइदा ?

काठमाडौँ । बिहानै खाली पेटमा कागती पानी पिउँदा तौल घट्ने...

निःशुल्क स्वास्थ्य शैय्याको विवरण सार्वजनिक, देशभर ६०० शैय्या उपलब्ध

निःशुल्क स्वास्थ्य शैय्याको विवरण सार्वजनिक, देशभर ६०० शैय्या उपलब्ध

काठमाडाैँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा सञ्चालित Free Health Portal...

१३औँ विश्व अटिजम सचेतना दिवस विविध कार्यक्रमसहित मनाइँदै

१३औँ विश्व अटिजम सचेतना दिवस विविध कार्यक्रमसहित मनाइँदै

काठमाडौं ।  १३औँ विश्व अटिजम सचेतना दिवस नेपालसहित विश्वभर विभिन्न...

सिरुबारीमा मारुत मिसन अभियानः शिक्षकहरूले पाए ’क्वान्टम ऊर्जा’ र ’परा–शिक्षा’को दुर्लभ दीक्षा

सिरुबारीमा मारुत मिसन अभियानः शिक्षकहरूले पाए ’क्वान्टम ऊर्जा’ र ’परा–शिक्षा’को दुर्लभ दीक्षा

स्याङ्जा । गण्डकी प्रदेशको पवित्र पर्यटकीय स्थल सिरुबारीस्थित श्री त्रि–शहीद...

बीमा सेवा दिन आनाकानी गरिए कारबाही : बीमा बोर्ड

बीमा सेवा दिन आनाकानी गरिए कारबाही : बीमा बोर्ड

काठमाडौँ । विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थाले स्वास्थ्य बीमा सेवा...